Techie IT
Mission Khabar

रक्षा नेपालको विज्ञप्ती : बलात्कारी मतियार वा हाम्रा सत्रुले छोरी पुजालाई प्रयोग गरे


काठमाडौं, जेठ । रक्षा नेपालले पुजा बोहोराबाट लगाएको आरोपको खण्डन गर्दै ५ पेज लामो विज्ञप्ती प्रकाशन गरेको छ । जहाँ भनिएको छ, उनी निक्कै अघिदेखी वेपत्ता जस्तै गरी कसैको कब्जामा थिईन, रक्षा नेपाल बिरुद्ध लागेकाहरुले वा बलात्कारी मतियारहरुले छोरीलाई उक्साए ।

अध्यक्ष थापाले सार्वजनिक गरेको म्यासेज


रक्षा नेपालकी अध्यक्ष मेनका थापा लेख्छिन–२०७५ साल जेष्ठ १३ गते आइतबारका दिन ११ बजेर ११ मिनेटमा मोवाइलमा कलेजबाट फर्कर्दैछु भन्ने म्यासेज पठाएर मोवाइल अफ गरी अचानक सम्पर्क विहिन भएकी हाम्री छोरी पुजा बोहोराले आइतबार दिँउसो ४ः३५ मा फोन गरेर घर आँउछु भनेकी थिइन् तर आइनन् । उनी सम्पर्क विहिन भइरहीन् र हामीले प्रहरीमा खोजतलासीको लागि निवेदन दियौ । यसरी नै १८ गते शुक्रबार बिहान पुनः ९ बजे फोन गरेर घर आँउदैछु भनेकीले हामीले दुवै पक्षको कुरा राखेर पत्रकार सम्मेलन गर्ने तयारी गरेयौ तर पनि उनी ९पुजा बोहोरा० आइनन् र आज १९ गते शनिवार बिहान ८ बजेर ५८ मिनेटमा फोन गरेर घर आँउछु भनिन् तर फेरी आइनन् । पुनः १९ गते नै दिउँसो १ बजेर ५८ मिनेटमा फोन गरेर आँउछु भनेकी थिइन् तर अहिले सम्म आएकी छैनन् । हामी पुजा बोहोरा सहित प्रत्यक्ष पत्रकार सम्मेलन गरी हामी माथी लागेको आरोपलाइ खण्डन गर्न चाहेको कारण संस्थागत आधिकारी प्रेस विज्ञप्ती प्रकाशन गर्न ढिला भएको अवगत् गराउदछौ । यसबाट हाम्रा सहयोगी हातहरु,मनहरु र भलो चाहाने मित्रजन प्रति पर्न गएको दुविधा तथा मानसिक तनाव प्रति क्षमा प्राथी छौ ।

प्रेस बिज्ञप्ति :

                                                      


क्याटेगोरी : देश / प्रदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्