Techie IT
Mission Khabar

काठमाडौँका युवाको जाँगर, बाँजो खेतका सुर्कामा यसरी पोखिदैछ श्रम


काठमाडौं, जेठ । झार्रझुर्र पानी पर्न थालेसँगै किसानको दौडधुप सुरु भएको छ । पानी पर्ने छाँटकाँट देखिएसँगै कृषकमा धान रोप्ने चटारो बढ्न थालेको हो ।

देशका विभिन्न स्थानमा रोपाईको माहौँल सुरु हुँदैगर्दा काठमाडौंका बचेकुचेका खेतका सुर्का र बारीमा पनि पानी पर्ने मौका छोपेर धान रोप्ने चटारो बढेको छ । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालको आडैमा रहेको बाँजा खेतका गराहरुमा अहिले युवा जोश जाँगर पोखिन थालेको छ । धानको ब्याड झुल्न थालेको छ भने मेहनती युवाहरु बाजो फुटाएर आफ्नो खेतलाई रोपाई योग्य बनाउन लागिपरेका छन् ।

मंगलबार बाँसबारीको बाँजो खेतमा श्रम पोग्दै गरेका युवा र त्यहाको केही यथार्थ चित्र हामीले कैद गरेका छौँ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्