एसएसबीको ज्यादतीमा निरन्तरको छुट, नेपालको कमजोर कुटनीति

काठमाडौं – नेपाल–भारत सीमावर्ती क्षेत्रमा लफडा हुनु अहिले सामान्य जस्तै बनेको छ । कहिले भारतीय सीमा सुरक्षा बल एसएसबीको कुटपीट त कहिले सीमा स्तम्भमाथीको चलखेल । यो मात्रै होइन, सीमा क्षेत्रका सर्वसाधारण निरन्तर भारतीय पक्षको प्रभाव र दबाब झेल्न बाध्य छन् ।
अहिले फेरी यस्तै लफडा भएको छ, दार्चुला नेपाल सीमावर्ती क्षेत्रमा । सीमा पुल तरेर नेपाल फर्किंदै गरेका नेपाली भारतीय सीमा सुरक्षा बलबाट कुटिएका छन् । दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने पुलबाट घर फर्किंदै गरेका महाकाली नगरपालिका–१, छापरीका ५२ वर्षीय नन्दनराम लुहार एसएसबीबाट कुटिएको घटनाले भारतीय दादागिरि अझै कुनै न कुनै रुपमा बाँकी रहेको देखाएको छ । घाइते लुहारको आँखामा चोट लागेको छ ।
मदिरा सेवन गरेर अभद्र शैली प्रस्तुत गरेका कारण लुहारमाथी आक्रमण गरिएको एसएसबी भनेपछि यहाँ भारतीय दम्भको एउटा छनक देखिन्छ । जिल्ला प्रहरी कार्यालय, दार्चुलाले घटना बारेको वास्तविकता अझै बताउन सकिरहेको छैन । घटना बारे भारतीय प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालयमा सामान्य छलफल भएपनि घटनाको बाँकी छानविन जारी नै छ । यो एउटा प्रतिनिधि घटना मात्रै हो । दोधारा–चादनी क्षेत्र, दशगजा लगायतका सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल र भारतीय पक्षको दबदबा अझै कायमै छ । सीमा क्षेत्रको खेती किसानीमा अबरोध, सीमा स्तम्भ अतिक्रमण गरिरहेको एसएसबीले नेपाली बस्तिमा पसेर पटक–पटक वितण्डा मच्चाउदै आएको छ ।
यसरी सीमा क्षेत्रका स्थानीय अनागरिक जसरी छिमेकीको थिचोमिचोमा परिरहेका छन् । यता, सरकारी कुटनीतिक प्रभाव कमजोर देखिएको छ । भारतीय पक्षको बलमिच्याई बारे दिगो समाधान निकाल्न अब स्थानीय तह, प्रदेश र संघीय संसदले कत्तिपनि बिलम्ब गर्नुहुन्न । राष्ट्र र राष्ट्रियताको बारेमा खरो उत्रिएको दाबी गर्ने सरकार सीमा क्षेत्रको निरन्तरको ज्यादतीमाथी नजर लाउने हो की ?
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्