Techie IT
Mission Khabar

अबको प्रहरी कारबाही : पासपोर्ट अड्काएर लाखौँ लुट्नेहरु होसियार्


काठमाडौं– महानगरीय प्रहरी प्रभाग गोंगबुले बुधबार नयाँ बसपार्कको एक होटेलमा छापा मारेर विदश पठाउने बाहानामा थन्क्याएर राखिएका ४१ वटा पासपोर्ट जफत गर्यो । राहदानी संकलन गरी राखेको अभियोगमा प्रहरीले मित्रनगरमा रहेको स्वर्गद्वारी गेस्ट हाउसका संचालक प्रेमबहादुर बिकलाई पक्राउ गरे पछि अबको प्रहरी अप्रेसन बाहिर आएको छ ।

गुण्डागर्दी, यौन व्यवसाय बिरुद्ध आक्रामक बनिरहेको प्रहरी पछिल्लो समय संगठित अपराध हुँदै बैदेशिक रोजगार क्षेत्रको ठगितर्फ खनिएको छ । फेसिलिटी म्यानपावरमा अन्तर्वार्ता दिन आएका व्यक्तिहरुको राहदानी आफूले राखिदिएको बताउने बिक हुन वा अरु कोही, अनावश्यक रुपमा होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी लगायतका स्थानमा पासपोर्ट राखेर रोजगारीमा जानेहरुबाट लाखौँ असुली भैरहेको छ । यतातर्फ प्रहरी कारबाही केन्द्रित बनेको छ ।

यातायात व्यवस्था विभागले प्रहरीको सहयोगमा अहिले प्रहरीले विदेश पठाउने नाममा अवैध रुपमा पासपोर्ट संकलन गर्ने अखडाहरुमा छापा मार्न थालेको छ । युवाहरुलाई विदेश पठाउने नाममा होटल, लज, रेस्टुरेन्ट, ट्राभल एजेन्सी लगायतले पासपोर्ट संकलन गरेर राख्ने र म्यानपावरबाट १० हजारको रसिद थमाएर तोकिएकोभन्दा बढी पैसा अशुल्ने गरेको पाईएपछि कारबाही तिब्र पारिएको हो । म्यानपावरमा राखिनुपर्ने पासपोर्ट बाहिर लामो समयसम्म राख्नु कानुन संवद होइन । मिलेमतोमा पैसाको चलखेलकै लागि यस्तो उपाय रचिएकोमा कसैको दुईमत छैन ।
यस्तो विक्रिति बढ्न थालेपछि विदेशिने युवालाई प्रलोभनमा पारेर महिनाअघिदेखि अग्रिम शुल्क उठाउने र अवैध रुपमा विदेश पठाउने कार्यमा संलग्नलाई पहिलो निसाना बनाएको छ, प्रहरीले श्रम तथा रोजगार मन्त्रालय अहिले विदेश पठाउने नाममा राहदानी संकलन गरेर दुःख दिने र ठगि गर्नेको तथ्यांक संकलन गरिरहेको छ । सरकारी तत्परताले अहिले पासपोर्ट संकलन केन्द्रमा भागाभाग नै सुरु भएको छ । राहदानी संकलक मात्रै होइन, यसमा म्यानपावर व्यवसायीको पनि संलग्नता देखिएकाले सरोकारवाला सबै कारबाहीको दायरामा आउनेछन् ।

प्रहरी भन्छ,–अवैध रुपमा भएका कामकारबाही निस्तेज पार्न अभियानकै रुपमा अनुसन्धान र कारबाही थालिएको श्रम मन्त्रालयको दाबी छ । विदेश पठाउने नाममा ठगि गर्नेहरु बिरुद्धको प्रहरी कारबाहीले निरन्तरता पाउँछ वा मौसमी स्वरुप लिन्छ ? अहिले नै भनिहाल्ने अवस्था छैन ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्