Techie IT
Mission Khabar

साँढे ३३ किलो सुनकाण्ड : चर्चा, अनुसन्धान र उपलब्धी


काठमाडौं–साँढे ३३ किलो सुन काण्ड र यसको संगठित कारोबार बारेको अनुसन्धान अझै जारी छ । आधा भन्दा बढी अभियुक्तको वयान पुरा भएर पुर्पक्षका लागि जेल चलान भएका छन् । अनि फरार रहेकाहरु बारे पनि छानविन समितिले अनुसन्धान र कारबाही जारी राखेको छ ।

यसैको श्रृङ्खलाका रुपमा शुक्रबार सुन तस्करीको अभियोगमा मुद्धा अघि बढाईएका एमके भनिने मोहनकुमार अग्रवालको घरमा छापा मारिएको छ । ३० लाख नगदसहित केही सुन र चादीको सिक्का बरामद गरेको समितिले अहिले अग्रवालको घरमा नयाँ ताल्चा लगाएर सील गरेको छ । कालिकास्थानस्थित ताला लगाइको घरमा शुक्रबार सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले छापा मार्दा ३० लाख नगद केही थान सुनका बिस्कुट, ठूलो परिमाणका चाँदीका बिस्कुट र सिक्का बरामद भएको थियो ।

३३ किलो सुनकाण्डको चर्चासँगै फरार भएका अग्रवालको घरमा दर्जनौं बैंकका चेकसहित कागजपत्र, १२ वटा गाडीका चाबी, एउटा गाडी, केही ल्यापटप र कम्प्युटर बरामद भयो । सुन बोक्न प्रयोग हुने ज्याकेट ३ थान समेत बरामद भएपछि उनको संलग्नतालाई पुष्टि गर्न थल बल मिलेको बताइएको छ ।
३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणको अनुसन्धान कहाँसम्म पुग्छ, यसै भन्ने अवस्था छैन । जे होस अहिलेसम्म भएगरेको निरन्तरको अनुसन्धान र कारबाहीले अबैद्य सुन निकासी पैठारी गर्नेहरुलाई तरंगित बनाएको छ । अनि एकदिन न एकदिन कुकर्मको पर्दाफास हुन्छ भन्ने खुलासा गरेको छ । यो अनुसन्धानले सबैलाई कारबाहीको दायरामा ल्याएर ३७ क्विन्टल सुन तस्कारीको संलग्नता र कारोबारको यथार्थ रहस्य उजागर गर्यो भने तस्करीको यस्तो सञ्जाल धर्मराउने छ ।

यतिका समयसम्म हराइएको भनिएको सुन बरामद नहुनु र लगानीकर्ता वा मालिक नखुलाईनुले ठूलाहरुको संलग्नता नखुल्ने हो की भन्ने आशंका पैदा भएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्