Techie IT
Mission Khabar

सरकारी कर्मचारी बन्ने सोचमा हुनुहुन्छ ? ख्याल गर्नुहोस् यो मापदण्ड


काठमाडौं– निजामती सेवामा जागिर खाने सोचमा हुनुहन्छ । तपाईले आफूलाई योग्य बनाउन अब विभिन्न मापदण्ड र सर्त पुरा गर्नुपर्ने छ । यदी सेवा प्रवेश पछि पनि तपाई बर्खास्तीमा पर्न सक्नुहुन्छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ संघीय निजामती सेवाको गठन, सञ्चालन र सोका सर्तको व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीले बहुविवाह गरेको अवस्थामा बर्खास्त हुने प्रावधान राखेर कर्मचारीलाई अनुसाशित बनाउन खोजेको हो । यो विधेयकले कानुनी मान्यतापाएसँगै बहुविवाह गर्ने कर्मचारी स्वतः जागिरबाटै बर्खास्त हुने छन् ।

सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानूनी व्यवस्था गरेको यो पहिलो पटक हो । निजामति सेवा ऐन, २०४९ (चौथो संशोधन २०७२) मा यो प्रावधान थिएन ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #tag

तपाईको कमेन्ट लेख्नुहोस्