प्रधानमन्त्री ज्यू, तुईन त अझै हटेननी !

काठमाडौं–प्रधानमन्त्री ज्यू, आफ्नो सय दिने उपलब्धि सार्वजनिक गर्दा खुबै बोल्ने हैन खास गरेर देखाउन दोश्रो कार्याकालका लागि प्रधानमन्त्री बनेको दाबी गर्नुभएको थियो । तर खास केही गर्ने प्रतिबद्धता साँच्चै पुरा हुनेमा आमजनले अहिलेबाटै प्रश्न गर्न थालेका छन् ।
तपाईको पहिलो प्रधानमन्त्री कार्यकालको पहिलो प्रतिबद्दता पुरा नभएपछि जनगुनासो बढ्न थालेको हो । तपाईले सयम नै तोकेर तुईनमुक्त नेपाल घोषणा गर्नुभएको पक्कै स्मरणमा होला । अहिले दोश्रो कार्यकालका लागि त्यो पनि शक्तिशाली प्रधानमन्त्री बनेर उभिदैगर्दा पनि हिजोको प्रतिबद्धता पुरा भएनभएको हेक्का राख्न सक्नुभएन । की तुईनमा के अल्झिनु भनेर ठूला ठूला विकासे प्रतिबद्धतामा आफुलाई रुपान्तरण गर्नुभएको हो । भनिन्छ, एउटा गल्तिले हजारौँ सकारात्मक कामलाई ओझेलमा पार्छ । तपाईको तुईन प्रतिबद्धता पनि त्यस्तै त बन्ने होइन ? यतातर्फ तपाई र तपाईको सचिवालयले बेलैमा ध्यान दिनुपर्छ ।
अघिल्लो प्रधानमन्त्री कार्यकाल, देशलाई दुई बर्षभित्र तुईनमुक्त पार्ने त्यो घोषणा । सुदुरका जनताले अझै बिर्सिएका छैनन । अझ, प्रम ज्यूले मन्त्रिपरिषद् बैठकबाट तुईनलाई झोलुंगे पुलले विस्थापन गर्ने निर्णय गराएको पनि थाहा रहेछ । तर, तपाइको घोषणा ठेकेदारले तुहाइदिएको कत्तिपनि पत्तो पाउनुभएन । की यतातर्फ चासो नपुगेर हो ? दुई बर्षे प्रतिबद्धता, तीन बर्ष बित्न लागेछ । अहिले पनि विकट भेगका स्थानीय तुइनमा जोखिमपुर्ण यात्रा गरिरहेका छन् ।
केही ढिला भएको छ रपनि यो प्रतिबद्धता पुरा गर्नुभयो भने तपाईको आश्वशन र महत्वकांक्षी लक्ष्यमा केही विश्वास होला । टीभीमा २०७४ असार मसान्तपछि तुईन भन्ने चिज देखे फोटो ल्याउनुस् भनेको समाचार हरेका स्थानीय अहिले भनिरहेका छन्–प्रधानमन्त्री ज्यू तुईन त हाम्रो नियती बनेको छ, एकपटक फोटो खिच्न आउने हो की ?
क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्