Techie IT
Mission Khabar

नौँ बर्षे लोडसेडिङ व्यथा : देशलाई ११ अर्बको नोक्सानी, कुलमान कदमले तिर्ला त क्षतिपूर्ति ?


काठमाडौं– नेपालमा लामो समयसम्म व्याप्त लोडसेडिङ अभिषाप बनेको पाइएको छ । विश्व बैंकको पछिल्लो रिपोर्टले नेपालको विकास र आर्थिक समृद्धिमा लोडसेडिङ बाधक बनेको देखाएको हो । पछिल्लो ९ वर्षमा नेपालले लोडसेटिङकबाट ११ खर्ब रुपैयाँ बराबरको नोक्शानीको भार व्यहोरेको छ ।

विश्व बैंकका अनुसार सन् २००८ देखि १६ सम्ममा ११ खर्ब रुपैयाँको व्ययभार नेपालमा थपिएको छ । लोडसेडिङले देशको राजश्वमा पनि प्रभाव पारेको छ । राजस्व संकलनमा २ं५ प्रतिशतले कमी आएको विश्व बैंकको रिपोर्टले देखाउँछ ।

एक दशकमा नेपालले ब्यहोरेको लोडसेडिङको असर – विश्व बैंकका अनुसार २००८ देखि २०१६ सम्ममा बाषिर्क थप ७ प्रतिशतको आर्थिक वृद्धि हुने अवस्थामा लोडसेडिङ बाधक भएको देखिन्छ । लोडसेडिङले बाहृय तथा आन्तरिक लगानी र उद्योग स्थापना र सञ्चालनमा समेत असर गरेको छ । ९ वर्षसम्म लोडसेडिङ नभएको भए लगानी वार्षिक ४८ प्रतिशतले वृद्धि हुने बिश्व बैंकको आँकलन छ ।

उद्योगको उत्पादनमा लोडसेटिङकै कारण वार्षिक ६.९ प्रतिशतले गिरावट आएको, समग्र सेवा क्षेत्रमा आयात ५.२ प्रतिशतले बढेको लोडसेडिङकै कारण नेपालमा धेरै विद्युत खपत गर्ने मल तथा केमिकल उद्योग पलायन भएको देखिन्छ । निर्माण क्षेत्र वार्षिक ३१ प्रतिशत र खानी तथा उत्खनन कार्य २७.३ प्रतिशतले घटेको बिश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएसँगै सुरु भएको लोडसेडिङ हटाउने अभियान अहिले देशव्यापी बन्न थालेको छ । गत जेठयता देखि हटेको लोडसेडिङले आगामी दिनमा कस्तो प्रभाव पार्ला त ? यसको लेखाजोखा अहिले नै गरिहाल्न उचित नहोला । तर लोडसेडिङ अन्त्यले निरन्तरता पाएमा देशको समृद्धी र विकास सार्थक हुने निश्चित छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्