Techie IT
Mission Khabar

वैदेशिक रोजगारी बन्दै छ जोखिम, पछिल्लो नौ बर्षमा गयो ६ हजार पाँच सयको ज्यान


काठमाडौं– स्वदेशमा केही गर्न सकिएन, नेपालीका लागि विकल्प सजिलो छ । सकेसम्म युरोप, नभए जापान, कोरिया त्यहापनि सम्भव नभए वैदेशिक रोजगारीका लागि कुवेत, मलेसिया, साउदी, कतार, यूएई तर्फ दौडिने ।

अहिले लाखौँ नेपाली विदेशी भुमिमा आफ्नो श्रम बेचिरहेका छन् । त्यो पनि अरुको तुलनामा निक्कै सस्तो मुल्यमा । तर अरुको देशमा श्रम गरेर आफू र परिवारलाई सम्पन्न गर्ने र केही खास आवश्यकता पुरा गर्ने भन्दै विदेशीनेहरुको पीडा निक्कै दुःखदायी छ । अझ, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरू काम गरिरहको देशमा नै मृत्यु भएको डरलाग्दो तथ्यांकले झस्काउँछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सन् २०१७ मा मात्रै वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया पुगेका ९५७ नेपालीको मृत्यु भएको छ । पछिल्लो नौ वर्षको अवधिमा मात्रै वैदेशिक रोजगार प्रवर्धन बोडमा ६ हजार ४ सय ५८ को वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको अभिलेख छ । जसमा १२७ महिला कामदारको मृत्यु भएको छ । यो श्रम स्वीकृतिको अवधिभित्रै मृत्यु हुनेहरुको संख्या हो । अझ श्रम स्वीकृति सकिएर थप काम गरिरहेकाहरुको मृत्यु पनि जोड्ने हो भने यो संख्या निक्कै बढी हुनसक्छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी मलेसियामा दुई हजार १ सय ५४, साउदी अरबमा एक हजार ६ सय ३८, कतारमा एक हजार २ सय ३, यूएईमा ४ सय २७ र कुवेतमा १ सय ८६ जना छन् । बाँकी अन्यको यी बाहेकका देशमा मृत्यु भएको सरकारी तथ्यांक छ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्