Techie IT
Mission Khabar

प्रधानमन्त्री ओलीको चीन भ्रमण, कहिले गुड्ला त नेपालमा चीनिया बुलेट रेल ?


काठमाडौं– चीन भ्रमणका क्रममा विगतको सहमति कार्यान्वयनमा जोड दिने बताएका प्रधानमन्त्री ओलीले चीन–नेपाल रेलवे सम्झौतालाई प्रथमिकता दिने भएका छन् ।

भ्रमणका क्रममा नेपालको विकास पूर्वाधारमा चीनिया सहयोग र साथका बारे चीनिया राष्ट्रपतिसँगै खुलेर कुरा राख्ने तयारीमा प्रधानमन्त्री ओली देखिएका छन् । भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणका लागि सम्झौता गर्ने सरकारी तयारी छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता गर्ने र उर्जा सहकार्य तथा पूर्वाधार निर्माणको सहकार्यबारे खास सहमति सहित नेपाल र चीनले संयुक्त वक्तव्य जारी गर्ने बताइएको छ । पारवहन तथा यातायात सम्झौताका लागि भने आगामी महिना संयुक्त बैठक डाकेर थप सम्झौता अघि बढाइने छ । विगतका सहमति कार्यान्यनमा दुई देशको प्रतिबद्धता हुने, रेलमार्ग निर्माण, पारवहन तथा यातायात बारेको खास सम्झौताको गृहकार्यको सुरुवात पूर्वाधार निर्माणमा साझेदारी लगायतका लागि भ्रमण फलदायी हुने बताइएको छ ।

यता, अधिकतम ब्याजदरको ऋण लिन नहुने बताएका प्रतिपक्षी नेताहरुले भने दिर्घकालिन हितका बिषयमा काम गर्न सुझाब दिएका छन् । छिमेकीसँग समान स्तरको सम्बन्ध र कुटनीतिक व्यवहार गर्ने भन्दै अघि बढेका प्रधानमन्त्री ओली चीन पुगेपछि कुन रुपमा प्रस्तुत हुन्छन ? यसैबाट नेपाल चीनको आगामी सहयात्रा तय हुनेछ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्