जनमतमा मात्रै होइन् गोलाप्रथामा पनि छलियो कांग्रेसको भाग्य, राष्ट्रिय सभाको बढी कार्यकालमा नेकपाकै मान्य

काठमाडौं – जनमत मात्रै होइन, यो पटक नेपाल कम्युनिष्ट पार्टीलाई भाग्यले पनि साथ दिएको छ । हुनत, कम्युनिष्ट भाग्यमा विश्वास गर्दैनन् तर गोला प्रथाबाट राष्ट्रिय सभाको समय निर्धारण गर्दा समेत कांग्रेसी सांसदको भाग्य हरिएको छ ।
२ वर्षे कार्यकालका लागि निर्धारण हुने १९ सांसद मध्ये नेपाल कम्युनिष्ट पार्टीबाट नौ जना मात्रै परे । राष्ट्रिय सभामा कांग्रेसका १३ जना सांसदमध्ये सात जनाको कार्यकाल २ वर्ष निर्धारण भएको छ । गोलाप्रथाद्वारा समय निर्धारण गर्ने विधि अनुसार गोला तान्दा कांग्रेसबाट राष्ट्रिय सभा सदस्य भएका सरिता प्रसाई, मुक्ताकुमारी यादव, धना खतिवडा, बृन्दाराना मगर, सुरेन्द्र पाण्डे, दुर्गा उपाध्याय र बद्री पाण्डेले २ बर्षे कार्यकालबाटै सांसदको हैसियत गुमाउने छन् । कांग्रेसबाट ४ वर्षे कार्यकालमा २ जना परे । राधेश्याम अधिकारी र तारादेवी भट्टको कार्यकाल ४ वर्षको निर्धारण हुँदा ६ वर्षका लागी ४ जना कांग्रेस सांसद छनौट भए ।
६ बर्षसम्मको पुरै कार्यकाल सांसद बन्न पाउनेमा रमेशजंग रायमाझी, जितेन्द्र देव, अनिता देवकोटा र प्रकाश पन्त छन् । यी मध्ये जितेन्द्र देव फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि अवशर पाएको भाग्यमानी हुन् । यता, मधेसकेन्द्रित दलका ४ जना सांदमा ३ जनाको कार्यकाल २ वर्षमै सकिने भएको छ । राजपाका वृजेषचन्द्र लाल र रमेश यादवको कार्यकाल २ वर्षमै सकिदैगर्दा फोरमकी प्रमिला यादव ६ वर्षे कार्यकाल बिताउने भाग्यमानी बनेकी छन् । यता, संघीय समाजवादी फोरम नेपालका रामपृत पासवानको कार्यकाल २ वर्षमै सकिनेछ ।
निर्वाचनमा जस्तै गोलाप्रथाले पनि कम्युनिष्ट सांसदलाई साथ दिएको छ । नेपाल कम्युनिस्ट पार्टीका ४२ जना राष्ट्रिय सभा सदस्य मध्ये ९ जना मात्रै २ वर्षमा बिदा हुने भएका छन् । चार बर्षे कार्यकालका लागि चाहिन २० जना मध्ये १८ जना त नेकपाकै राष्ट्रिय सभा सदस्य छानिएका छन् । नेकपाका १५ राष्ट्रिय सभा सदस्य ६ बर्षको पुरै अवधीका लागि छनौट भएर भाग्यमानि सावित भएका छन् । रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ, हरिराम चौधरी, बिना पोखरेल, दिलकुमारी रावल, दीपा गुरुङ, नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेल छ वर्षे कार्यकालका लागि छानिने भाग्यमानी बनेका छन् ।
गोलाप्रथाद्वारा नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा सदस्य परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, दीनानाथ शर्मा, चन्द्रबहादुर खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण बिँडारीले चार बर्षे कार्यकाल पाएका छन् । यस्तै, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, खिमकुमार विक, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तवा राईको पदावधि चार वर्षमा सकिनेछ ।
यता, हरिचरण सिवाकोटी, बलरामप्रसाद बाँस्कोटा, कालीबहादुर मल्ल, डा युवराज खतिवडा, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, राजकुमार कुँवर भने नेकपाका अभागी सांसद बनेका छन् । जसले गोलाप्रथाको भाग्य अनुसार दुई बर्षमै राष्ट्रिय सभा सदस्यको पद गुमाउनेछन् ।
नेपालको संविधानको धारा ८६ (राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधि) मा गोलाप्रथाबाट सदस्यको पदावधि तोकिने उल्लेख छ । धारा ८६ उपधारा ३ मा ’एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिने’ लेखिएको छ ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, राजनीति, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्