Techie IT
Mission Khabar

अलिबिदा डा.उपेन्द्र : रुदै जन्मिएका देवकोटा हजारौँलाई रुवाएर बिदा भए


काठमाडौं– सोमबार साँझ दिवंगत भएका वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले दागवत्ती दिएका थिए ।

देवकोटाको विद्युतीय माध्यमबाट शवदाह गरिएको छ । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका देवकोटालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान गरे भने सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गर्यो । मंगलबार विहान बाँसबारीस्थित न्युरो अस्पताल प्रांगणमामा पुगेर उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रदेश ३ कि प्रदेशप्रमुख अनुराधा कोइराला, विभिन्न राजनीतिक दलका नेताहरु, चिकित्सक, विभिन्न पेशाकर्मी र सर्वसाधारणले डा. देवकोटाको पार्थिव शरीरमाथी श्रद्धान्जली अर्पण गरेका थिए ।

पित्तथैलीको क्यान्सरका कारण ६५ वर्षमा निधन भएका देवकोटाको इच्छा अनुसार निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको थियो । श्रद्धान्जलीपछि विभिन्न ठाउँको परिक्रमा गर्दै देवकोटाको पार्थिब शरिरलाई पशुपतिस्थिति आर्यघाटमा लगिएको थिये । करिब सात महिनासम्म बेलायतमा उपचार गराएका देवकोटा रोगबाट मुक्त हुने सम्भावना न्यून भएपछि स्वदेशमै देहत्याग गर्ने इच्छा सहित नेपाल फर्किएका थिए ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्