Techie IT
Mission Khabar

कर्मचारीलाई व्यवसाय गर्न छुट, कसरी सम्भव होला जनमुखि प्रशासन ?


काठमाडौं– कर्मचारीका कारण प्रशासनिक काम चुस्तदुरुस्त हुन नसकेको भन्दै चौतर्फी आलोचना भैरहेको बेला सरकारले कर्मचारीलाई भने व्यापार व्यवसाय र एनजिओमा सहभागी हुने अवशर दिन लागेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐनको विधेयक मस्यौदामा कर्मचारीलाइ व्यापार व्यवसाय गर्न छुट दिनेसँगै एनजीओमा आबद्ध भई काम गर्नसमेत छुट दिने व्यवस्था गरेको छ । प्रस्तावित संघीय निजामती सेवा ऐनको दफा ७३ को उपदफा ३ मा सरकारको स्वीकृति लिएर कर्मचारीलाई व्यापार व्यवसाय गर्न दिने प्रावधान छ । यसकै उपदफामा कर्मचारीलाई पेसागत वा अन्य कुनै एनजीओमा आबद्धताका लागि छुट दिने व्यवस्था छ ।

सरकारी कर्मचारी आफ्नो पेशा र जिम्मेवारी प्रति इमान्दार नभएको, सरकारी काममा भन्दा बढी आफ्नै काममा व्यस्त भएको आरोप खेपिरहदा सरकारले उल्टै उपहार दिन लागेको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्