Techie IT
Mission Khabar

प्राकृतिक विपतको जोखिम : बर्षेनी ५ सयको मृत्यु, तीन अर्ब बढीको नोक्सानी निराकरण गर्ने कस्ले ?


काठमाडौं– प्राकृतिक विपतका कारण नेपालमा बर्षेनी सरदर पाँच सयको ज्यान जानेगरेको पाइएको छ । सरकारी तथ्यांक अनुसार प्राकृतिक विपतमा परी ०७३ मा चार सय ८३ को र ०७४ मा पाँच सय ९७ को ज्यान गएको छ ।

यी दुई वर्षमा मुलुकभर ६ अर्ब ३० करोड ३ लाख १८ हजार तीन सय ४७ रुपैयाँ मूल्यबराबरको संरचना तथा सम्पत्ति क्षति भएको सरकारी रेकर्डमा छ । यसरी बर्षेनी बाढी, पहिरो लगायतका प्रकृतिक विपद्बाट देशमा एक बर्षमा तीन अर्बभन्दा बढीको नोक्सानी तथा ठूलो संख्यामा मानविय क्षति हुदै आएपनि दिर्घकालिन निराकरणमा सरकारी ध्यान कम मात्रै पुगेको छ । बर्षाद सुरु भएसँगै देशको पहाडी र हिमाली क्षेत्र पहिरोको जोखिममा पर्दा तराईमा बर्षेनी डुबानको खतरा रहदै आएको छ ।

यो पटक भने सरकारले हेलिकोप्टर सहित नेपाली सेना र प्रहरीलाई निगरानीमा राखेर विपत्त पूर्वको तयारी गरेको छ । यद्यपी विपद्ध नियन्त्रणको प्रयास अनि राहत र उद्धार पर्याप्त हुन सकेको छैन ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्