Techie IT
Mission Khabar

ओढार जीन्दगी : १६ बर्षदेखी ढुंगामुनीको व्यवसाय अनि बाँसमा रमाउने पुलामी दम्पती


दैलेख\काठमाडौं–पछिल्लो समय बृद्धाश्रम पाको उमेरका आमाबुबाको साहारा बनिरहेका छन् । उमेर ढल्किएसँगै हेलामा परेका बृद्धबृद्धाका लागि बृद्धाश्रम उमेर कटाउने माध्यम बन्दैगदाए दैलेखका एक जेष्ठ दम्पतीले भने १६ बर्षदेखी ढुंगे ओडारमा आफ्नो जीवन विताइरहेका छन् ।

दैलेख जिल्लाको आठबिस नगरपालिका–५ स्थित पिपलबोट घट्टेखोला नजिकैको ओढारमा बस्ने ७५ वर्षीय भुवानीसिंह पुलामी र ७३ वर्षीय गंगादेवी पुलामीले यहीबाट चिया, खाजा रेष्टुराँ समेत सञ्चालन गर्दै आएका छन् । ओढारमा बस्ने र व्यवसायपनि त्यहीबाट गर्दै आएका पुलामी दम्पती एक्लै भने छैनन, उनीहरुले छोरा बुहारी, छोरी, नातिनातीना सबैको रेखदेख र सहयोग पाएका छन् । शरिरहे साथ दिउनजेलसम्म केही गर्न हातखुट्टा बसेपछि ओढारमै मर्ने सोचमा छन्, उनीहरु । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १३० किलोमिटर पश्चिमतर्फको ओडारमा बाहिरपट्टि जस्तापाताको छानामुनि ग्रहकका लागि बेञ्च राखिएको छ । । स्थानीय बासिन्दा तथा यातायातका साधनमा आउने ग्राहक खाजा खान अनि फोटो खिच्नकै लागि पनि ओडार क्याफेमा रोकिनेगर्छन् ।

२०४१ सालदेखि नजिकै रहेको किटु बस्तीको खोलामा पिसानीको साधन घट्ट सञ्चालन गरेर स्थानीयलाई सुविधा दिदै आएका पुलामी दम्पतीको रोजिरोटी धरापमा परेपछि २०४९ सालदेखी ढुंगे ओढार बासस्थानसँगै जिवन गुजाराको माध्यम बन्दै आएको छ । दुई छोरा दुई छोरीका साथै आठ नातिनातिनाका अभिभावक पुलामी दम्पती नयाँ आधुनिक घर भएर पनि ओढारमा बस्दै आएको १६ बर्ष पुगेको छ । चाडपर्वमा समेत यही बस्ने भएपछि परिवारसहित आफन्तजन पनि ओढारमै पुग्नेगर्छन ।

देशका शहरदेखी गाउँसम्म सुविधा भोगी प्रवृत्ति बढ्दै गर्दा घर परिवार र सुविधा भन्दा ओडारको बास रोज्नु र त्यहीबाट गुजारा धान्नु पक्कै उदाहरणिय छ ।


क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्