जन्म र मृत्युमा चामल : कर्णालीवासीले बहिस्कार गर्दैगरेको प्रचण्ड कार्यक्रम

काठमाडौं\डोल्पा– हाम्रो सरकार पुराना कार्यक्रमको निरन्तरता भन्दा बढी नयाँ नयाँ कार्यक्रम घोषणा र लागू गर्न व्यस्त छ । सरकार फेरिएसँगै मेरो र तेरो भन्दै कार्यक्रम छान्ने रोगले यो पटक केही हदसम्म कटौती पाएको छ । तर विगतका कार्यक्रम प्रभावकारी भए नभएको अनुगमन र प्रगती मुल्यांकनमा भने सरकार बेमतलबी छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कर्णाली अञ्चलमा जन्म र मृत्युमा २० किलो चामल दिने गरी लागू गरेको कार्यक्रम प्रभावहिन देखिएको छ । सुरुमै कर्णाली क्षेत्रका राजनीतिज्ञ, विज्ञ तथा नागरिकले यो कार्यक्रमको बिरोध गरेपनि अहिले स्थानीयको आकर्षण पनि घटेको छ । चालू आर्थिक वर्षका लागि छुट्याइएको ४ करोड रुपैयाँमध्ये २ लाख ८६ हजार ५ सय रुपैयाँमात्र खर्च भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको रेकर्डले कार्यक्रमप्रती स्थानियले चासो नदिएको देखिन्छ ।
जन्म र मृत्युमा २० किलो चामल लिनजादा चामलसँगै ज्याला पनि दिदै आएको छ, सरकारले । खाद्य संस्थानका अनुसार चालू आर्थिक वर्षको १५ जेठसम्म कर्णालीका पाँच जिल्लामा जन्म र मृत्यवापत २ हजार १ सय ९३ जनाले ४३ हजार ८ सय ६० केजी चामल लिएका छन् । जन्मेवापत १ हजार ८ सय ९३ र मृत्यवापत २ सय ८० जनाले चामल लिएको रेकर्ड देखिदा मुगु जिल्लामा जन्ममा ४ सय ४० र मृत्युमा ६८ जनाले चामल लिएको देखिन्छ । यस्तै, कालिकोटमा जन्ममा ७ सय १९, मत्युमा ३३, जुम्लामा जन्ममा २ सय ४२ र मृत्युमा ३५, डोल्पामा जन्ममा २ सय ४६, मृत्युमा १ सय ४३ र हुम्ला जिल्लामा जन्मवापत २ सय ४६ र मृत्यवापत १ जनाले चामल लिएको रेकर्ड छ ।
पछिल्लो समय स्थानीय चामल लिन जानेक्रम विस्तारै कम भएपछि विरोधकाबीच जारी रहेको यो कार्यक्रम बिचमै रोकिने संभावना बढेको छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्