राजनीतिक फाइदा उन्मुख बन्दै सरकार, पूर्वपदाधिकारीलाई मासिक भत्ता र कर्मचारी दिइदै

काठमाडौं– समृद्दी र सुशासनको कुरा गर्ने सरकार विस्तारै आफू र आसेपासेको फाईदातर्फ केन्द्रित बन्दै गरेको पाइएको छ । अनावश्यक खर्च र विदाको समय कटौती गरेर केही सकारात्मक सुरुवात गरेपनि सरकार राजनीतिक सुविधा बाढ्न भने उस्तै क्रियाशिल देखिएको हो ।
सरकारी कोषबाट उपचारखर्च वितरणको पुरानो शैलीलाई निरन्तरता दिदै गरेको सरकारले फेरी पूर्वपदाधिकारीका रुपमा राष्ट्रपतिदेखि सभामुखसम्मलाई राज्यबाट नियमित सुविधा र कर्मचारी दिनेगरी विधेयक ल्याउने तयारी गरेको छ । गृहमन्त्रालयबाट तयार पारिएको पूर्वपदाधिकारीको सुविधा सम्बन्धी विधेयक मस्यौदालाई कानून र अर्थ मन्त्रालयबाट सहमती मिलेसँगै करिब स्विकृत हुने निश्चित जस्तै छ ।
विद्येयकमा राष्ट्रपतिलाई ५० हजार र उपराष्ट्रपतिलाई ४० हजार मासिक भत्ता दिने, काठमाडौं उपत्यका वा कुनै प्रदेश राजधानीमा घर नभएको अवस्थामा पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख र पूर्वउपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई मासिक ७५ हजार घरभाडा दिन प्रस्ताव गरिएको छ । यस्तै, पूर्वपदाधिकारीको सुरक्षा खतराको मूल्यांकनका आधारमा सुरक्षा दस्ता उपलब्ध गाराउने विद्येयकमा उल्लेख छ ।
क्याटेगोरी : देश / प्रदेश, राजनीति
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्