Techie IT
Mission Khabar

हिले सडकले बढाउँदैछन जोखिम, दोलखा जिप दुर्घटना १ को मृत्यु, ३ घाइते


दोलखा– सुरज बस्नेत । सोलुखुम्बु दुर्घटनाको केही दिन बित्न नपाउँदै शनिबार विहान दोलखाको बैतेश्वर गाउँपालिका वडा नं ४ खावाडाँडामा बा १३ च ६१९६ नम्बरको बोलेर जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।

जिपका चालक जिरी नगरपालिका ९ ठूलोपातलका १९ बर्षीय सुवास तमाङको मृत्यु भएको छ । घटनामा परि जिरी नगरपालिका वडा नं ९ का २० बर्षीय मंगले तामाङ, ५२ बर्षिय दिल ब।तामाङ र बैत्यश्वर गाउँपालिका १ गैरीमूदीका वर्ष ५५ बर्षिय कर्ण बहादुर तामाङ घाइते भएका छन् ।गंभीर घाइते २ जनालाई उपचारको लागि काठमाण्डौ पठाइएको छ भने सामान्य घाइते एक जनाको स्थानीय दहाल मेडिकलमा उपचार भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बैत्यश्वर ७ मार्बुवाट धानको भुष लोड गरी जिरी नगरपालिको ठुलो पातलमा लैजाने क्रममा खाँवाडाडा अचानक गाडी अनियन्त्रित भई दुर्घटना भएको थियो । जिप सडकबाट ३ सय मिटर तल खसेको छ ।

बर्षाको समयमा देशका पहाडी क्षेत्रको कच्चि सडक झनै जोखिम बन्ने गरेका छन् । आवश्यक मर्मत सम्भारमा ध्यान नदिईनु र पानी पर्दा सडकका खाल्डाखुल्डीमा जमेर बाटोको एकिन नहुन जस्ता कारण पहाडी क्षेत्रका कच्चि सडक बर्षाद्मा दुर्घटना निम्त्याउने कारक बनिरहेका छन् ।

सडकको स्तरउन्नती गरेर दुर्घटना न्यूनिकरण गर्न यातायात व्यवसायीसँगै सरकार पनि जिम्मेवार बन्ने हो की ?


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्