Techie IT
Mission Khabar

डोल्पा, जाजरकोट, सल्यान र पश्चिम रुकुमका विरामी र सुत्केरीले सहज उपचारसेवा पाएनन्, १३ महिनादेखी हवाई सुविधाबाट बञ्चित


रुकुम – पश्चिम रुकुमको चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यस क्षेत्रका स्थानीयले सास्ती पाएका छन् । जहाज कमी भएको भन्दै हवाई सेवा बन्द गरिएपछि सर्वसाधारणको सहज यात्रामा पूर्णबिराम मात्रै लागेको छैन । विरामी भएकारुलाई सहज रुपमा अस्पतालसम्म लग्न समस्या भएको छ ।

यता, नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेको छ तर एउटा मात्र जहाज भएको भन्दै उडान भरेको छैन । रुकुमको यो विमानस्थलको सेवासुविधा रोकिएपछि जाजरकोटका स्थानीय समेत प्रभावित भएका छन् । गत वर्षको जेठ दोस्रो सातादेखि बन्द अहिलेसम्म सञ्चालन भएको छैन । साढे चार करोड लागतमा चार वर्ष अघि चौरजहारी विमानस्थल कालोपत्रे गरिएको थियो ।

उडान बन्द हुँदा डोल्पा, जाजरकोट, सल्यान र पश्चिम रुकुमका स्थानीय यात्रु र विरामी बढी समस्यामा परेका छन् । हवाई सेवा बन्द भएपछि अहिले सिकिस्त बिरामी र जटिलखालका गर्भवती महिलालाई कच्ची बाटोमा जोखिम मोलेर गाडीमा लैजानुपर्ने बाध्यता स्थानीयमा छ ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्