Techie IT
Mission Khabar

दोलखामा दादागिरि देखाउने समूहको भागाभाग, प्रहरी प्रमुख पाठक भन्छन्– ‘कानुन नमान्ने जो कोही कारबाहीमा पर्छन ।’


दोलखा– सुरज बस्नेत । दोलखामा प्रहरी प्रमुख फेरिएसँगै मादकपदार्थ सेवन गरेर टोलमा दादागिरि देखाउने र गुण्डागर्दी गर्नेहरुको भागाभाग सुरु भएको छ । सवारी दुर्घटना र गुण्डागर्दी नियन्त्रणका लागि बिशेष अभियान सहित डिएसपी बासुदेव पाठक जिल्लामा गएपछि अराजक समूहको भागाभाग भएको हो ।

स्थानीयसँगको सहकार्यमा शान्ति सुरक्षासँगै हिंसा रहित जिल्ला बनाउने अभियान सुरु गरेका डिएसपी पाठक ट्राफिक नियम नमान्ने चालक बिरुद्ध समेत आक्रामक बनेका छन् । जिल्लामा प्रहरी प्रशासनलाई समेत चुनौती दिनेगरी झैझगडा गर्नेहरु अहिले थन्किएका छन् । केही दिन अघि मात्रै मादक पदार्थ सेवन गरेर प्रहरीलाई समेत कुटपिटमा संलग्न ४ जनालाई सार्वजनिक अपराधको मुद्धा चलाइएको छ । बैतेश्वर–५ का राजेश भण्डारी, कुमार भण्डारी, रिपुबहादुर बस्नेत र जिरी नगरपालिका नौँ का राजकुमार तामाङ लाई सार्वजनिक अपराधको मुद्धामा अनुसन्धान अघि बढाएको प्रहरीले फरार बैतेश्वर २ का राजु भण्डारी र राजेन्द्र भण्डारी र राजकुमार भण्डारीलाई समेत पक्राउ गरेर सोही अभियोगमा कारबाही गर्ने भएको छ ।

यता, प्रहरीले सवारी दुर्घटना न्यूनिकरणको जनचेतनामुलक अभियानसँगै गाउँ गाउँमा पुगेर प्रहरी र स्थानीयबीचको सामिप्यता बढाउने काम गरेको छ । प्रहरी अभियानसँगै ट्राफिक नियम मिचेर जथाभावी सवारी चलाउने केही चालकलाई समेत सार्वजनिक अपराधको मुद्धामा कारबाही अघि बढाइएको छ । जिल्लामा प्रहरी प्रमुख फेरिएसँगै केही न केही गरेजस्तो गर्ने विगतको परम्परा भएपनि यो पटक खास केही नमुना काम गर्ने अभियानमा जुटेको जिल्ला प्रहरी कार्यालयका प्रमुख पाठक बताउँछन् ।

स्थानीय जनतासँगको साथ र सहकार्यमा जनताको सेवा सुविधाका लागि काम गर्ने प्रहरी अभियान कहाँसम्म पुग्छ, यो भने समयले बताउनेछ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्