Techie IT
Mission Khabar

भारतबाट आयातित बिजुलीको मूल्य २० प्रतिशत बढाउने भारतीय प्रस्ताव अस्विकार, तत्काल बिजुलीको भाउ नबढ्ने


काठमाडौं– भारतले नेपालमा आयात भैरहेको बिजुलीको मूल्य २० प्रतिशतसम्म बढाउन गरेको प्रस्ताव नेपाली पक्षले अस्विकार गरेको छ ।

नेपाल भारत विद्युत आदान प्रदान समिति पीइसीको बैठकमा भारतले नेपाललाई बेच्ने बिजुलीको मूल्य बढाउन प्रस्ताव गरेकोमा नेपाली टोलीको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ दरमा बिजुली किन्न नसकिने जवाफ दिएर प्रस्ताव अस्विकार गरेका हुन् । नयाँ दिल्लीमा हालै सम्पन्न बैठकमा भारतले १५ देखि २० प्रतिशतसम्म मूल्य बढाउने प्रस्ताव गरेपनि नेपाली पक्षको अस्विकारपछि भारतीय पक्ष पछि हटेको छ । नेपालले भारतबाट झण्डै ३ सय मेगावाट बिजुली आयात गर्दै आएको छ ।

१३२ केभी प्रशारणलाइन ढल्केबरबाट आउने बाहेकको बिजुलीको मूल्य ५.५० र ३२ केभीमा ६ रुपैयाँ भारु प्रतियुनिट तिर्दै आएको छ । हाल १३२, ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने विद्युत क्रमश प्रतियुनिट ८.८८ नेपाली रुपैयाँ, ९.६ रूपैयाँ र १०.३२ रूपैयाँमा खरिद भएको बिजुलीको मूल्य तत्काल भने नबढ्ने भएको छ । मूल्य समायोजना लगायत विद्युत आदानप्रदान बारे समितिको अर्को बैठक ३ महिनाभित्रै बस्ने सहमति भने भएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्