Techie IT
Mission Khabar

बर्षा केही कम भएसँगै काठमाडौंको तापमान उच्च बिन्दुमा, तीन दिन देशभर बर्षा हुने पुर्वानुमान


काठमाडौं– देशभर मनसुनी बर्षा सक्रिय हुँदैगर्दा काठमाडौँ उपत्यकाको तापक्रम भने तीन दिन यता एक्कासि वृद्धि भएको छ । बर्षा कम भएसँगै शनिबार काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री रहेको काठमाडौंमा यही असार १८ गते काठमाडौँको अधिकतम तापक्रम २४ डिग्री र न्यूनतम तापक्रम २० डिग्रीमा झरेको थियो । असार १७ गते काठमाडौँको अधिकतम तापक्रम २७ डिग्री १४ र १५ गते ३० डिग्रीको हाराहारीमा मापन गरिएको थियो । न्यून चापीय रेखाबाट नेपालमा प्रवेश गरेको मौषमका कारण जुलाई र अगष्ठ महिनामा मनसुनी गतिविधि केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम र साँझपख हल्का वर्षा चलिरहने मौसमविद्को भनाई छ ।

गत असार १४ गतेदेखि मनसुन देशैभर फैलिएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशभर बदली र वर्षा हुनेछ । महाशाखाका अनुसार केही स्थानमा हल्का केही ठाउँमा मध्यम तथा कही भारी वर्षाको सम्भावना छ । शनिबारबाट सुरु हुने मौषमी बदलीको प्रभाव आइतबार दिउँसो भने देशभर पर्नेछ । यस्तै, आगामी असार २५ गते सोमबार दिउँसो देशभरिनै बदली रही अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्