Techie IT
Mission Khabar

८ डीआईजी र दुई एसपी बिदा हुँदैगर्दा यसरी खुल्यो प्रहरीभित्रको राम्रो र हाम्रोको बिभेद


काठमाडौँ– तीस बर्षे सेवाहदका कारण शुक्रबारबाट ८ जना डीआईजी र दुई एसएसपीले अनिवार्य अवकाश पाएका छन् । डीआईजीहरु उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रम शाह, शरद चन्द, रवीन्द्रप्रसाद शर्मा, प्रेम चन्द, श्याम खड्काले चर्चा र बिवादमा रहेको ३० बर्षे सेवाहदबन्दीका कारण अवकाश पाएका हुन् ।

शुक्रबारबाटै एसएसपी मोहनराज जोशी र साँढे ३३ किलो सुन काण्डमा मुछिएर झुम्का जेलमा रहेका निलम्बित एसएसपी श्यामबहादुर खत्रीले पनि सेवाहदका कारण अनिवार्य अवकाश पाएका छन् । प्रहरी भित्रको तीस बर्षे सेवाहद जोशिला अधिकृतलाई योग्य र बिज्ञ बनाएर घर पठाउने अभियान जस्तो बनेको छ । यसरी प्रहरी संगठनभित्र बढुवा र अवकाशको क्रम चलिरहदा केही पूर्व प्रहरीअधिकृत बन्दैगरेका केहीले भने यो संगठन भित्रको डरलाग्दो भेद खोलेका छन् ।

प्रहरी भित्र राम्रो भन्दा हाम्रो प्रवृत्ति झांगिएको छ । अनि दृश्य वा अदृश्य रुपमा राजनीतिक प्रभाव र दबाबले काम गरेको छ बुझ्न कत्ति पनि गाह्रो मान्नुपर्दैन । संगठनबाट बिदा हुँदैगर्दा एसएसी मोहनराज जोशीले फेसबुकमा राखेको स्ट्याटस यस्तो छ –


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्