Techie IT
Mission Khabar

डा. केसी अनसनको २१ दिन, समर्थकको बिरोधका कारण सर्वसाधारणलाई सास्ती


काठमाडौं– सरकारले पटक–पटक बल प्रयोग गरेपछि जुम्लाबाट काठमाडौं आउन राजी भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अझै अनसन तोडेका छैन । डा.केसी अनसनको २१ दिन पुग्दैगर्दा स्वास्थ्य गम्भीर असर देखिएको छ । विरोधकाबीच बलपूर्वक सरकारले डा. केसीलाई काठमाडौं ल्याउन सफल भएपनि अनसन तोडाउन अझै सकेको छैन ।

सरकारले केसीलाई काठमाडौं ल्याउन बल प्रयोग गरेपछि बिहिबार दिनभर जुम्ला तनावग्रस्त बनेको थियो भने उनका समर्थकले अबरोधसँगै नाराबाजी गरेका थिए । अन्ततः केसी तनाब झन बढ्ने देखेपछि काठमाडौं आउन राजी भए । केसीको समर्थनमा आजपनि राजधानी काठमाडौं लगायत देश चिकित्सक तथा सर्वसाधारणको प्रदर्शन जारी छ । डा. केसीको जीवनरक्षा र माथेमा कार्यदलको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक आउनुपर्ने माग गर्दै चिकित्सकले देशभरका सरकारी अस्पतालमा हड्ताल जारी राख्दा बिरामी मारमा परेका छन् । उनीहरुको केसीको मागमा समर्थन रहेपनि अरुलाई असर पार्ने मागको शैलीप्रति बिरोध गरिरहेका छन् ।

यता, डा. केसीका माग पुरा नभए देशैभरका आकस्मिक बाहेकका सेवा अनिश्चितकालसम्म बन्द गर्ने चेतावनी दिदै आएको नेपाल चिकित्सक संघको आह्वानमा बिहिबारबाट देशभरको आकस्मिक बाहेकको स्वास्थ्य सेवा प्रभावित भएको छ । साझा बिबेकशिल पार्टीले समेत सरकार बल प्रयोगमा केन्द्रित भएको भन्दै आम सर्वसाधारणको जायज माग बिरुद्ध आक्रमण नगर्न चेतावनी दिदैआएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्