Techie IT
Mission Khabar

बक्सअफिस प्रणाली लागू गर्न सफल सरकार क्लिनफिडमा सफल होला त ?


काठमाडौं–बक्सअफिस प्रणालीको सुरुवात गरेको सरकारले फिल्महलको वर्गीकरणलाई तिब्रता दिएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँसकोटाले सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (सीसीएमसी) लग इन गरेर उपत्यकाभित्रका हलमा चलेका फिल्मको व्यापार हेरेर उपत्यकाका ११ मल्टिप्लेक्ससहित २० हललाई बक्सअफिसको केन्द्रिय प्रणालीमा जोडेका हुन् ।

पहिलो चरणमा उपत्यकाका क्युएफएक्स, बिग, क्युज, एफक्युब, बीएसआर, सिने डी सेफ, सिटीम्याक्स मल्टिप्लेक्ससहित गोपीकृष्ण, अष्टनारायण, गंगा, कलंकी, गुण, विश्वज्योती, बाराही, पृथ्वी, सिद्धार्थ हललाई बक्सअफिसको केन्द्रिय प्रणालीमा जोडिएका छन् । छिट्टै विज्ञापनमा क्लिन फिल्ड लागू गर्ने घोषणा गरेको सरकारले अब यो कदम कसरी अघि बढाउँछ, हेर्न बाँकी नै छ । सरकार क्लिन फिड अभियानमा सफल भए विदेशी कलाकार अभिनित विज्ञापनलाई डबिङ गरेर विज्ञापन बजाउने परिपाटी बन्द हुँनेछ ।

बक्स अफिस देशभर लागूगर्ने दाबी गरेको सरकारले क्लिन फिडमा पनि अडान लिने बताएको छ । फिल्मको कमाईलाई राज्यको राजश्वसँग जोड्न लागेको सरकारले लगानीकर्तालाई सुरक्षित बनाउदै कलाकारले परिश्रमको मूल्य पाऊन् भन्ने उद्देश्यले अघि बढेको बताएको छ । बक्सअफिस सफ्टवेयरलाई आन्तरिक राजश्व विभागको स्वीकृतीमा हलहरुमा लागू गरिएको हो ।

फिल्म मार्फत आउने आम्दानीलाई करको दायरामा ल्याउन सरकार सफल भएपनि विदेशी अभिनित विज्ञापनमा नेपाली पन भर्न सफल होला त ? यो प्रश्नको जवाफ आम सर्वसाधारणले कुरिरहेका छन् । फिल्म क्षेत्रलाई नेपाली जनजीवन, संस्कृति, परम्परा र देशको गौरवसँग जोड्ने सरकारी अभियान कति सफल हुन्छ ? हेर्न बाँकी नै छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्