Techie IT
Mission Khabar

पौदी सेभ सोसाइटीको सहयोगी मन, अर्घाखाँचीका ३ जना असहायका लागि १ लाख नगद सहयोग


अर्घाखाँची–पौदी सेभ सोसाईटीले अर्घाखाँचीको मालारानी गाउँपालिका – १, मरेङ्ग सुन्दरपोखरीका तीन बालबालिकालाई एक लाख नगद सहयोग हस्तान्तरण गरेको छ । बाबुको आत्महत्या अनि आमाले पनि छाडेर गएपछि विचल्लीमा परेका उनीहरुलाई सोसाईटीले सहयोग गरेको हो ।

बालबालिकाको विचल्लीको खबर सञ्चार माध्यमबाट थाहा पाए पछि पौदी सेभ सोसाइटी जापानका संयोजक कृष्ण केसीको नेतृत्वमा विदेशी भुमीमा काम गरिरहेका साथै स्वदेशमा रहेका नेपालीले उक्त रकम संकलन गरेर उपलब्ध गराएका थिए । सोसाइटीले बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आफुहरुले सहयोग गरेको बताएको छ । सहयोगी हातबाट संकलित रकम हस्तान्तरण गर्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले सामाजिक उत्तरदायित्व वहन गर्ने सहयोगी सम्पुर्णलाई धन्यवाद दिए । हस्तान्तरण कार्यक्रममा गुल्मी जिल्लास्थित रेसुङ्गा नगरपालिकाका मेयर, पौदी सेभ सोसाइटीका केन्द्रिय पदाधिकारी र विभिन्न पार्टीका प्रतिनिधि सहभागी थिए ।

संस्थाले यसअघि तिल बहादुर जिसीलाई आर्थिक सहयोग गरेको थियो । पौदी सेभ सोसाइटीको आह्वानमा विदेशी भुमीमा काम गरिरहेका र स्वदेश मै रहेका नेपालीले आर्थिक अवस्था कमजोर भएका दुःखी, गरिव र असक्त नेपालीलाई आफ्नो कमाईबाट केही रकम सहयोग गर्दै आएका छन् । सहयोगलाई निरन्तरता दिने पनि पौदी सेभ सोसाइटीले जनाएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्