नेपाल भारत खुल्ला सीमाको असर, झन–झन बढ्दैछ नेपाली चेलीको अबैद्य ओसारपसार

काठमाडौं– नेपाल लागू औषध र विदेशी मुद्राको ट्रान्जिट बन्दैगर्दा चेलीबेटीका लागि समेत असुरक्षित बन्दैछ । भारतको राजधानी दिल्ली लगायतका विभिन्न भारतीय शहरलाई ट्रान्जिट बनाएर मानवतस्करले सयौँ नेपाली युवतीलाई विभिन्न मुलुकमा बेच्दै आएका छन् । बेलाबेलमा नेपाल–भारत नाका र भारतका शहरमा उद्धार गरिएका नेपाली चेलीले बेचबिखनको यथार्थ झल्काउने गरेका छन् ।
अझ, पछिल्लो समय दिल्लीस्थित महिलाहरूका लागि काम गर्ने सरकारी निकाय महिलाहरूका लागि दिल्ली आयोग (दिल्ली कमिसन फर वुमन) ले मानवतस्करीको नयाँ जालो फर्दाफास गरिदिएको छ । आयोगको रेकर्डले सबैभन्दा बढी नेपाली युवतीहरू वेश्यावृत्तिका लागि बेचिने गरेको देखाएको छ । दिल्ली कमिसन फर वुमनकी अध्यक्ष स्वाति मालीवाल सहितको प्रहरी टोलीले एक सातादेखि भारतका विभिन्न स्थानमा छापा मारेको छ । गत महिना मात्रै पनि राति १ बजेदेखि बिहान ६ बजेसम्म छापा मार्दा पहाडगञ्जको एक होटल नेपाली युवतीलाई राखेर बेश्याबृत्ति र बेचबिखन जस्ता अपराधमा दुरुपयोग गरेको पाइएको छ ।
हृदय इन होटलमा खाडी मुलुक श्रीलंका लगायतका राष्ट्रमा बेच्ने तरखर गर्दै गरेको अवस्थामा ३९ नेपाली युवती उद्धार गरिएका थिए । यसअघिका दुई रेस्क्यु अपरेसनबाट समेत ३५ नेपाली युवती उद्दार गरिएका छन् । यो तथ्यले नेपाली युवतीको भारत लगायत तेश्रो मुलुकमा निक्कै ठूलो शोषणा भैरहेको देखाएको छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्