Techie IT
Mission Khabar

कक्षा १२ को परिक्षाफल, भदौँ १६ गते थुप्रैका लागि ग्रेड सुधार्ने अवशर


काठमाडौं–कक्षा १२ को परिक्षाफलमा सुधार गर्नेगरी केही विद्यार्थीले ग्रेड बृद्धिको अवसर पाउने भएका छन् । केही ग्रेड ल्याउने विद्यार्थीलाई ग्रेड वृद्दीको अवसर दिने व्यवस्था अनुसार सबै विषयमा सी वा सी भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै पनि एक विषयमा अनुपस्थित वा डी प्लस वा डी वा इ ग्रेड प्राप्त गरेका विद्यार्थीले उक्त विषयको ग्रेड वृद्धि (पुरक) परीक्षा दिन पाउने छन् ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले ग्रेडवृद्धिका लागि भदौ १६ गते शनिवार परीक्षा तोकेको छ । यस वर्षबाट ग्रेडिङ सिस्टममा निकालिएको नतिजा अनुसार ३.६१ देखि ४ जीपीएमा ११ हजार १६९ परीक्षार्थी, ३.२१ देखि ३.६० जीपीए ल्याएर ११ हजार २ सय २१, २.०१ देखि २.८० जीपीएमा ५८ हजार ३ सय ४५, २.०१ देखि २.४० जीपीएमा ९० हजार २ सय ९९ परीक्षार्थीको परिक्षाफल प्रकाशित भएको छ ।

यसैगरी,१.६१देखि २.० जीपीए ल्याउने ६६ हजार ४ सय ३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२ हजार ७ सय ३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४ हजार ४ सय ८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १ सय ९९ विद्यार्थी छन् । करिब ४ लाख विद्यार्थी सहभागी भएको बैशाखको परिक्षाको परिक्षाफल बिहीबार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले प्रकाशन गरेको हो ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्