साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं – साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयमा वर्तालुहरुको भिड लागेको छ । साउन महिनाभर विशेषगरि सोमबारको ब्रत बसेर शिवको पूजा आराधना गरेका महिलाले आज विधि पुर्याएर व्रत समाप्त गर्ने प्रचलन रहिआएको छ ।
भगवान शिवको प्रिय बार साउनको सोमबार भएकाले शिव उपासकहरुले उनैभगवान शिवलाई खुसी पारेर मनोकांक्षा पुरा गर्न भन्दै साउने सोमबार व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । अन्तिम सोमबार भएकै कारण बोलबम तीर्थालुहरुको घुइँचो पनि देशभरका शिवालयमा देख्न सकिन्छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुले पनि अन्तिम सोमबारलाई विशेष महत्व दिने गरेका छन् ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर सहित देशभरका साना ठूला सबै शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा समेत साउनको अन्तिम सोमबारको पूजाआजा गरेर ब्रत समाप्त गर्ने भक्तालु र बोलबम तिर्थयात्रीको भीड लागेको छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्