Techie IT
Mission Khabar

दोलखाका हिले सडक : ठेकेदारको लापरबाहीदेखी स्थानीय तहको वेवास्थासम्म (फोटो डायरी)


दोलखा–सुरज बस्नेत । दोलखाबाट राजधानी काठमाडौं भित्रिने प्रमुख प्रवेशमार्ग लामोसाँघु–जिरी सडक फराकिलो बनाउने क्रममा भैरहेको ढिलाईले अहिले सकस बढाएको छ ।

दोलखालाई काठमाडौसँग जोड्ने छोटो दुरीको लामोसाँघु–जिरी सडक अहिले हिले सडकमा परिणत भैदिदा दोलखाबासीको यात्रा लम्बिएको मात्रै छैन, जोखिम पनि उत्तिकै बढेको छ ।

सडककै कारण महंगी र सास्ती बढेको छ । दुई बर्षमा काम सक्नेगरी तीन वर्षअघि सडक विभागले ठेक्कामा दिएको यो सडक अहिलेसम्म पुरा भएको छैनन ।

५० करोड ७२ लाख ३६ हजार ४ सय ५८ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएपनि ठेकेदारकै लापरबाहिका कारण स्विस सरकारको सहयोगमा सन् १९७५ देखि निर्माण सुरु गरेर १९८५ मा पुरा गरेको सडक अहिले अलपत्र छ ।

सम्झौता नमानेर सडक सकस बढाउने ठेकेदारहरु –

पहिलो प्याकेज – सिन्धुपाल्चोकको खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर, सुनौला खिम्ती र गौरी पार्वतीको जिम्ममा ५० र भारतीय ठेकेदार कम्पनी सीमाञ्चलको जिम्मामा ५० प्रतिशत
दुई वर्षभित्र कालोपत्रे गरेर हस्तान्तरण गर्ने गरी २०७२ कात्तिक ८ गते सम्झौता, ठेक्का व्यवस्थापक सुनौला खिम्ती

दोस्रो प्याकेज– मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर खण्ड
भारतीय कम्पनी सकिल हैदरको ५० प्रतिशत र नेपाली कम्पनी शंकर माली र सुनौला खिम्तीको २५–२५ प्रतिशत जिम्मेबारी
२०७२ चैतमा सम्झौता
पहिलो प्याकेजको अधिकारिक प्रतिनिधि सुनौला खिम्तीका सञ्चालक भीमसेन भण्डारी कर छलीको अभियोगमा राजस्व विभागको कारबाहीमा, उनको बैंक खाता रोक्का भएपछि गत भदौदेखि काम अलपत्र, गत जेठमा भण्डारी पक्राउ ।  अहिले गौरि पार्वतिलाई दुबै सडक खण्डको जिम्मेबारी दिइएपनि काम अघि बढ्न सकेको छैन बरु सडकको जोखिम बढिरहेको छ ।

ठेकेदारले सडक भत्काएर अलपत्र छाड्दा साढे तीनदेखि चार घन्टामा राजधानी आइपुग्ने गरेका दोलखाबासी अहिले रामेछाप हुँदै बिपी राजमार्ग भएर आठ घन्टाको यात्रा गर्न बाध्य बनेका छन् । तर यो सकस र ठेकेदारको बेवास्था बारे स्थानीय तहका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवाला निकाय बेखबर छ ।

वर्षायामा पानी जम्दा यातायात चलाउन जोखिम थपिएको त छ नै पैदल यात्राका लागि पनि सडक उत्तिकै जोखिम बनेको छ । दोलखा हुँदै राजधानी पुग्ने रामेछापबासी सडक छोटिएपछि सिन्धुली–काभ्रे हुँदै चार घन्टामा काठमाडौं आइपुग्न थाले पनि अहिले दोलखाबासी रामेछाप घुमेर सातदेखि आठ घन्टा लगाएर काठमाडौं भित्रिन बाध्य छन् ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्