दोलखा प्रहरीको सक्रियता, तस्करी र अनियमितता बिरुद्धको कारबाहीले तिब्रता पाउँदै

दोलखा–सुरज बस्नेत । दोलखा प्रहरी प्रमुख भएर प्रहरी नायव उपरिक्षक (डिएसपी) बासुदेव पाठक जिल्ला पुगेसँगै गुण्डागर्दी गर्नेहरुको भागाभाग मात्रै भएको छैन, तस्करी र अनियमितता गर्नेहरु पनि अहिले सतर्क हुन थालेका छन् ।
झै–झगडा र गुण्डागर्दी बिरुद्ध पहिलो कारबाही चलाएका डिएसपी पाठकले लगत्तै जिल्लाको यातायात क्षेत्रलाई व्यवस्थित गर्न भन्दै जनचेतनामुलक कार्यक्रम गरे । अहिले फेरी तस्करी नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयको सक्रियता बढेको छ । चितुवालाई पासो थापेर मारी छाला विक्रि गर्न खोज्ने चार जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको प्रहरीले यस्ता थुप्रै गैह्र कानुनी काम गर्नेलाई कारबाहीको दायरामा ल्याएको छ ।
पछिल्लो पटक चितुवाको छालासहित पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका –९ लेखखर्कका ४८ बर्षिय नारद सुनुवार, सोही स्थानका ३५ बर्षिय बेदवहादुर सुनुवार र बैतेस्वर गाउँपालिका – ४ का ३४ बर्षिय प्रदिप गजमेर रहेका छन् । पक्राउ परेका मध्ये नारद सुनुवार जिरी नगरपालिका ९ स्थित भुसुने सुँगुरे सामुदायीक बनका अध्यक्ष समेत रहेकाले स्थानीय दिग्गजहरुसँगको साँठगाँठमा तस्करी भइरहेका आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । एक बृद्धलाई पनि पक्राउ गरेको दोलखा प्रहरीले नाम सार्वजनिक गरेको छैन । चितुवाको छाला तस्करी खोज्ने क्रममा प्रहरीले जिल्लाको मैनापोखरीवाट ३ जना र थप एक जना सहित चार जनालाई पक्राउ गरेको हो ।
दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले मैनापोखरीमा चितुवाको छाला विक्रिका लागि ग्राहक खोज्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको र पक्राउ परेकाहरुको बयानका आधारमा थप एक जनालाई नियन्त्रणमा लिएको बताए । डिएसपी पाठकका अनुसार पक्राउ परेकाहरुले पासो थापेर चितुवालाई मारेर छाला विक्रिका लागि मैनापोखरी बजार ल्याएका थिए । प्रहरीले शंका लागि हनुमन्तेस्वर मावि नजिकै हिडिरेका गजमेरले बोकेको कालो र निलो रङ्गको झोला खानतलासी गर्दा चितुवाको छाला बरामद भएको थियो । त्यस लगत्तै गमजेरको बयानका आधारमा आसपासको क्षेत्रवाटै थप दुई जनालाई पक्राउ गरिएको थियो ।
पक्राउ परेकाहरुलाईआवस्यक अनुसन्धानपछि डिभिजन बन कार्यालय दोलखामा बुझाइने भएपनि तस्करी र अनियमितता बिरुद्धको प्रहरी कारबाही नरोकिने डिएसपी पाठक बताउँछन् । जिल्ला प्रवेश गरेसँगै भएको गुण्डागर्दी बिरुद्धको कारबाहीले अहिले झै–झगडा कम भएको छ भने प्रहरीले चलाएको सचेतना कार्यक्रमले जिल्लाका सवारी चालकहरु सचेत बन्न थालेका छन् । अहिले जिल्लामा दुर्घटनामा पनि कमि आएको छ ।
कानुनी राज्य स्थापनार्थ आफ्नो जिम्मेवारी र कार्यक्षेत्रमा कसैसँग सम्झौता नगर्ने कार्यशैलिका कारण पनि डिएसपी पाठक अहिले जिल्लाको सुरक्षा व्यवस्थापनमा सफल भएको कतिपयको बुझाई छ । तस्करी र अनियमितता बिरुद्धको कारबाहीले कस्तो गति लिन्छ अनि डिएसपी पाठकको सक्रियता कहासम्म पुग्छ ? यो समयसँगै खुल्दै जानेछ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्