विप्लबका सारथी माथीको प्रहरी धरपकड, शैन्य अभ्यास रोक्ने प्रयास की अबैध गतिविधिमाथी नियन्त्रण ?

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शैन्य गतिबिधि सुरु गरेको सूचना पाएपछि सरकारले उसका नेता तथा कार्यकर्तामाथी धरपकड सुरु गरेको छ । आगजनी तथा तोडफोडको अभियोग र सार्वजनिक मुद्धा चलाइएपनि सरकारी धरपकडलाई शैन्य गतिबिधि रोक्ने प्रयासका रुपमा हेरिएको छ ।
पार्टी प्रवक्ता खड्ग बिश्वकर्मा प्रकाण्डलाई सर्वोच्चको आदेशपछि छोड्ने र पक्राउको लुकामारी चल्दैगर्दा मंगलबार मात्रै नेतृ उमा भुजेल प्रहरीबाट पक्राउ परिन । चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी पोलिटव्यूरो सदस्य भुजेलमाथी अवैध चन्दा उठाएको आरोप लगाइएको छ ।
भुजेल पहिलो संविधान सभामा एकीकृत नेकपा माओवादीबाट संविधानसभा सदस्यसमेत भएकी नेतृ हुन । तत्कालिन माओवादी जनयुद्धमा गोरखा जेल ब्रेककी कमाण्डर रहेकी भुजेलले जेलब्रेककै विषयमा पुस्तक समेत प्रकाशित गरेकी छन् ।
क्याटेगोरी : देश / प्रदेश, राजनीति, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्