Techie IT
Mission Khabar

तस्कर र गुण्डाहरुलाई तारो बन्दै डीएसपी पाठक, एकपछि अर्कोगर्दै तस्कर जालमा


दोलखा– भीमेश्वर नगरपालिका ७ बाट जिल्ला प्रहरी कार्यालय दोलखाले एकजनालाई सालकको खपटासहित पक्राउ गर्यो । भीमेश्वर नगरपालिका ६ का ५३ वर्षीय होमबहादुर थापालाई सालकको खपटासहित भीमेश्वर नगरपालिका ७ भुलभुलेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षा जाँच र कारबाहीलाई तिब्रता दिएको छ ।

बरामद गरिएको सालकको छालासहितको खपटा २७ इन्च लम्बाइ र ३८० ग्राम छ । विशेष सुराकीको आधारमा प्रहरीको विशेष टोलीले संरक्षित जनावर सालकको पुच्छर, छाला र नङ्ग्रासहितको खपटा बरामद गरेको हो । व्यापार गर्ने उद्देश्यले बोकी हिँडेको अवस्थामा पक्राउ परेका अभियुक्त थापाले ३ वर्षअघि घरनजिकै आएको सालकलाई लठ्ठीले हानेर मारेको र मासु समेत खाएर छाला राखेको बयान दिएको प्रहरी दाबी छ ।

प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले बन्यजन्तुजन्य तस्करी नियन्त्रण मात्रै नभई अपराध नियन्त्रणमा शून्य सहनशिलता अपनाउने बताएका छन् । जिल्लाको शान्ति सुरक्षामा बिशेष सतर्कता सहित अभियान चलाइरहेका डीएसपी पाठकले गुण्डागर्दी नियन्त्रणसँगै अनियमितता, तस्करी नियन्त्रणलाई प्राथमिकतासहित जिल्लामा लागू गरिरहेका छन् ।

डीएसपीका रुपमा पाठक जिल्ला पुगेसँगै सुरक्षित महसुश गर्न पाएको स्थानीयहरु नै स्विकार गरिरहेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्