बिमस्टेक प्रभाव : बिहिबार जोर नम्बरका गाडी मात्रै चल्न पाउने बुधबार र शुक्रबार बिजोड नम्बरलाई अनुमती

काठमाडौं– बिमस्टेक सम्मेलनको ट्राफिक व्यवस्थापनका लागि भन्दै काठमाडौँ उपत्यकामा बुधबार विजोर नम्बरका गाडी मात्रै चले । ट्राफिक व्यवस्थापन गर्न भदौ १३, १४ र १५ गतेसम्म जोर–विजोर प्रणालीमा सवारी चलाउने सरकारी निर्णय अनुसार नै बुधबार यातायातका साधन पनि चले ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते अर्थात विजोर मितिमा बिजोर नम्बरका गाडी चल्न पाउनेछन भने १४ गते जोर नम्बरका गाडी चल्न पाउनेछन् । यो निर्णय अनुसार १४ गते बिहिबार काठमाडौं उपत्यकामा जोर नम्बरका यातायातका साधन चलाउन पाइनेछ । नम्बर प्लेटको अन्तिम अंकका आधारमा जोर विजोर लागु हुदैआएको छ ।
१५ गतेसम्म लागू हुने जोर बिजोर प्रणाली अनुसार शुक्रबार दिनभर काठमाडौंमा नम्बर प्लेटको अन्तिम अंक बिजोर भएका सवारी साधन चल्न पाउनेछन् । जोर बिजोर प्रणालीको व्यवस्था आगामी शनिबारबाट स्वतः हट्नेछ ।
क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्