गर्भपतन सुविधाको दुरुपयोग बढ्दो, अबैध सम्बन्ध लुकाउन गर्भपतन गराउनेको बिगबिगी

काठमाडौं/हेटौंडा– सन्तान जन्माउने इच्छा नभएको, लिंग पहिचान गर्दा आफुले चाहे अनुसार सन्तान नभएको र शारीरीक रुपमा असक्ततालाई कारण बनाउँदै गर्भपतन गराउनेहरु पछिल्लो समय बढ्न थालेका छन् ।
काठमाडौं लगायतका शहरमा बढ्दैगरेको गर्भपतनको दर मकवानपुरमा झनै उच्च देखिएको छ । आर्थीक बर्ष २०७३/०७४ मा २ सय ७० जनाले गर्भपतन गराएको मकवानपुरमा आर्थिक २०७४/०७५ मा २ हजार ६२ जनाले गर्भपतन गराएको तथ्याङक बाहिर आएको छ । गर्भपतन गराउनेमा १८ देखि २९ बर्ष उमेरका महिला रहेका छन् । जिल्ला जनस्वाथ्य कार्यालयको सुरक्षित मातृत्व शाखाको तथ्याङक अनुसार बार्षिक ११ हजार ६ सय ५० जनाले गर्भधारण गरेको देखिन्छ । अझ, इच्छा बिपरित गर्भवती भएका २५ प्रतिशत जनस्वास्थ्यको तथ्यांकमा सुचिकृत नै छैनन । १५ वटा स्वास्थ्य सस्थाले गर्भपतन सेवा प्रदान गर्दै आएको मकवानपुर बाहेकका जिल्लामा गएर गर्भपतन गराउनेको संख्या पनि रहेको बताइन्छ ।
१२ सातासम्मको अनिच्छीत गर्भलाई महिलाको स्विकृतीमा गर्भपतन गराउन पाईने कानूनी व्यवस्था छ । करणी वा हाडनाता करणीका कारण गर्भ रहेमा १८ हप्तासम्म गर्भपतन गराउने छुट छ । तर २०७३ फागुनबाट सुरु भएको मकवानपुरको गर्भपतन सेवा अनौतिक सम्बन्ध लुकाउने माध्यका रुपमा दुरुपयोग भैरहेको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्