Techie IT
Mission Khabar

चीन र भारतको अस्वस्थकर स्याउमा उपभोक्ता झुम्मिदा जुम्ली स्याउले बजार पाएन


काठमाडौं/जुम्ला– जुम्लामा गत वर्ष मात्रै २४ करोड रुपैयाँको स्याउ विक्री भएको थियो । स्याउ खेती बाटै जिविकोपार्जन गर्दै आएका जुम्लाका किसान यो बर्ष भने बजार नपाएको भन्दै चिन्तित छन् । अझ, काठमाडौंमा ल्याउदा समेत उचित मूल्य नपाएका किसान वोटमै स्याउ कुहिन थालेपछि दुःखी बनेका हुन।

नेपालको अधिकांश बजार बाह्य मुलुकबाट आयात गरिएको स्याउमा निर्भर भएपछि जुम्ला, मुस्ताङ लगायतका स्थानको स्याउले बजार पाउन सकेको छैन । पछिल्लो समय अखाद्य वस्तुको प्रयोग गरेर आकर्षक र कृतिम स्वाद सहित चीन र भारतबाट ल्याइएको स्याउले बजारमा बिक्रिको राम्रो स्थान ओगटेको छ । जुन स्याउ मानव स्वास्थ्यका लागि हानिकारक छ ।

स्थानीय बजारमा स्याउको मूल्य नपाएपछि हजारौं रुपैयाँ खर्च गरेर काठमाडौंमा स्याउ ल्याएको कृषक र व्यापारि बजार नपाएकोमा चिन्तित छन् । जुम्लाबाट ५० देखि ६० रुपैयाँ प्रतिकिलोमा किनेर राजधानीसम्म ल्याइएको स्याउले ढुवानी भाडा महँगो परेकै कारण भारतीय र चिनियाँ स्याउसँग प्रतिस्पर्धा गर्न नसकेको हो । किसानले जुम्लाबाट ल्याएको स्याउ काठमाडौंमा प्रतिकिलो १ सय ५० रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्ममा बिक्रि गर्नुपर्ने बताउँछन् ।

हुनत, सरकारले जुम्लालाई स्याउ क्षेत्र घोषणा गरेको छ, अनि उपभोक्तापनि जुम्लामा उत्पादित स्याउँ स्वादिलो र स्वास्थ्य वर्धक हुने बताउँछन् । तर सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गर्न नसक्दा किशानसँगै नेपाली ब्यवसायी समेत मारमा पर्दै आएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्