एलआरआईको अन्तर्राष्ट्रिय साझेदारी ब्यापक बन्दै, बेलायतकोे इङ्लिस इन चेस्टरबीच द्विपक्षीय शैक्षिक सहकार्य
काठमाडौ–काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल र बेलायतकोे इङ्लिस इन चेस्टरबीच द्विपक्षीय शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ । दुबै स्कुलका प्रतिनिधिहरुले लण्डनमा आायेजित एक कार्यक्रममा शैक्षिक सहकार्य गर्ने सम्झौता गरेका हुन् ।
सम्झौतामा एलआरआईका तर्फबाट प्राचार्य डा.देवकान्त जोशी र इङ्लिस इन चेस्टरका तर्फबाट निगेल परमोरले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार छोटो अवधिको शिक्षणका लागि विद्यार्थीको तथा अभिभावकका लागि छोटो अवधिको भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । बेलायतको उक्त विद्यालय बेलायतका करीब ५ सय विद्यालयमध्ये उत्कृष्ट तीनमा पर्ने विद्यालयले जनाएको छ । यस अघि एलआरआईले १६ देशसंग शैक्षिक आदानप्रदानका लागि सम्झौता गरिसकेको छ । अब १७ देशसँग द्विपक्षीय सम्झौता भएको विद्यालयका प्राचार्य जोशीले बताए ।
इङ्लिस इन्चेस्टरसँगको सम्झौताले छोटो समयका लागि इङ्लिस पढ्न जाने विद्यार्थीहरुका लागि कोसेढुङ्गा हुने लेखाप्रमुख दीपक जोशीले बताए । इन चेस्टरसँगको सम्झौता पछि एलआरआईको विश्वास बढ्ने र अझै जिम्मेवारी थपिएको लेखा प्रमुख जोशीले बताए । यस्ता कार्यक्रमलले विद्यार्थीहरुलाई विश्व भाषा, भेषभुषा, रहन सहन लगायत सांस्कृतिक आदान प्रदानमा महत्वपूर्ण भूमिका हुने विद्यालयले विश्वास गरेको छ ।
सम्झौता कार्यक्रममा विद्यालयका संस्थापक यशोधरा पन्त, लेखा प्रमुख दिपक जोशी, विद्यालय व्यवस्थापन समितिका सदस्य साधुराम गौतम, इङ्लिस इन चेस्टरकी जेनी, लण्डन नेपाल न्युज बेलायतका सम्पादक तथा एनआरएन युकेका सल्लाहकार एभरेष्ट गौतम लगायतको सहभागिता थियो ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्