Techie IT
Mission Khabar

स्वयम्भु र पशुपतिका बादरमा भेटियो क्याम्पियो ब्याक्टेरिया, मानिसमा सरे क्यान्सरको जोखिम


काठमाडौं–नेपालमा पाइने बाँदरका कारण स्वास्थ्य समस्या बढ्नसक्ने खतरा देखिएको छ । स्वयम्भू र पशुपतिमा बिरामी भएका बाँदरहरुमा झाडापखाला फैलाउने जीवाणु क्याम्पियो नामक ब्याक्टेरिया भेटिसँगै जोखिम देखिएको हो ।

स्वयम्भू र पशुपति क्षेत्रका धेरै बाँदर बिरामी भएपछि सेन्टर फर मनिक्युल डाइनामिक नेपाल (सीएमडीएन) नामक संस्थाले बाँदरको दिसा संकलन गरी नमूना परीक्षण गरेको थियो । परीक्षणपछिको अनुसन्धानका क्रममा क्याम्पिलो ब्याक्टेरीया भेटिएको सीएमडीएनले जनाएको छ ।

क्याम्पिलो ब्याक्टेरिया मानिसमा सर्ने जोखिम उच्च रहेको र यो सरेमा आन्द्राको क्यान्सरसम्म हुने स्वास्थ्य क्षेत्रका जानकारहरुले बताएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्