Techie IT
Mission Khabar

पछिल्लो सात महिनामा ८ वटा हवाई दुर्घटना, ५९ जनाको गयो ज्यान


काठमाडौं–नेपालमा पछिल्लो ७ महिनाको हवाई दुर्घटनामा परि ५९ जनाले ज्यान गुमाएका छन् । नेपाली आँकासमा भएको पछिल्लो दुर्घटनामा शनिबार मात्रै पनि ६ जनाको ज्यान गएको छ ।

नुवाकोटको मैलुङपाखामा भएको अल्टिच्युड कम्पनीको हेलिकप्टर दुर्घटना पछिल्लो दुःखद खबर बन्न पुगेको छ । यो दुर्घटनामा एक जना भने जीवितै उद्धार गरिएकी छिन । यसअघि, २०७४ फागुन २८ मा बंगलादेशी कम्पनी युएस बंगलाको एयरलाइन्स दुर्घटनामा परि ५१ जनाले ज्यान गुमाएका थिए । २०७५ जेठ २ गते सिमिकोटमा भएको मकालु एयरको विमान दुर्घटनाले २ जनाको ज्यान लियो ।

२०७५ बैशाख ६ मा मालिन्दो एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएपनि मानविय क्षतीबाट जोगिएको थियो यस्तै, जेठ २६ गते जुम्लामा तारा एयर, असार २ गते पोखरामा यति एयरलाइन्सको विमान,असार १६ गते ग्राण्डी अस्पतालमा सिम्रिक एयरको हेलिकोप्टर र भदौं १६ गते मात्रै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटनामा परे । तर भाग्यबस यी दुर्घटनामा मानविय क्षती हुन पाएनन् । यसरी सात महिनामा भएका आठ हवाई दुर्घटना मध्ये पाँच वटामा भने मानविय क्षति हुन बाट जोगिएको छ ।

तीन वटा दुर्घटनाले मात्रै ५९ को ज्यान लिदा नेपाली आकाशको जोखिम फेरि एकपटक सतहमा आएको छ । निरन्तरको दुर्घटनाको कारण पत्ता लगाएर निवारण खोज्नेतर्फ सरकार र सारोकारवाला पक्ष लाग्ने हो की ?


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्