Techie IT
Mission Khabar

अमेरिकाको दम्भ : सैनिक दमन बिरुद्दको आईसीसी कदममाथी  चेतावनी


एजेन्सी–अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘आईसीसी’ माथि प्रतिवन्ध लगाउने चेतावनी दिएको छ । अफगानिस्तानमा बन्दीहरूलाई दुव्र्यवहार गरेको आरोपमा ‘आईसीसी’ले अमेरिकी सैनिकहरूलाई मुद्दा चलाउने तयारी गरेपछि अमेरिकाको चेतावनी आएको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सैनिकमाथि मुद्दा लगाउने तयारीलाई अबैध भन्दै आफ्ना नागरिकको सुरक्षा गर्न अमेरिका जे गर्न पनि तयार रहेको बताएका छन् । बोल्टनले लामो समयदेखि आईसीसीको आलोचना गर्दै आएका थिए । उनले अमेरिका आइसीसीका अधिकारीहरू विरुद्ध आर्थिक प्रतिबन्ध, यात्रामा अवरोध र फौजदारी मुद्दा लगाउन सकिने पनि उल्लेख गरेका छन् ।

आईसीसीले अफगानिस्तानमा बन्दीहरूलाई दुब्र्यवहार गरेको आरोपमा अमेरिकी सैनिकहरूलाई मुद्दा चलाउने तयारी गरिरहेको विवरणहरू बाहिर आएपछि अमेरिकाले आलोचना गर्दै आएको छ । अमेरिका सन् दुई हजार दुईमा स्थापित आईसीसीको सदस्य अझसम्म बनेको छैन ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्