Techie IT
Mission Khabar

सर्लाहीस्थित मलंगवाको सयौँ बिगाह खेतीयोग्य जमिन डुबानमा, बस्ती डुब्ने जोखिम


सर्लाही– सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ५ भाडसर र वडा नं. ६ खुटौनाको सयौँ बिगा बढी खेतीयोग्य जमिन डुबेको छ । भाड़सर र खुटौना नदी छेउको खेतीयोग्य जमिन डुबानमा परेपछि स्थानीय किसान चिन्तित बनेका छन् ।

जनताको तटबन्ध कार्यक्रम अन्तर्गत जनताको तटबन्ध कार्यालय सर्लाही हरिपुरको ४ लाख तथा मलंगवा नगरपालिकाको ३० लाख सहयोगमा लखनदेई नदीबाट निक्कै टाढा बस्ती छेउमा बाँधीएको बाँधले स्थानीयलाई जोखिम थपेको हो । स्थानीय किसानले आफ्नै तीन बाली हुने खेत डुबेको भन्दै चिन्ता गरिरहदा मलंगवा वडा नम्बर ५ का वडा अध्यक्ष मनोज कुमार सहनी लखनदेई नदीले भारसरबासीलाई निरन्तर दिएको त्रासदी र जोखिम रोक्न मात्रै बाँध बाधिएको बताएका छन् ।

यसले स्थानीय नेता र सिमित व्यक्तिको जग्गा बचाएर गरिबलाई पीडित बनाएको स्थानीय किसानको आरोपलाई पुष्टी गरिदिएको छ । अझ, भारतीय सीमा क्षेत्रको दुलारपुरमा नदी छेक्ने गरि बनाइएको बाँधले लखनदेई नदीको पानी फर्काउदा बस्तीमा पस्ने जोखिम बढेको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्