Techie IT
Mission Khabar

सप्तरीको हनुमानगर कंकालनी र कञ्चनरुपमा स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप, स्थानीयमा त्रास


सप्तरी– सप्तरीको कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुको त्रास बढेको छ । यी रोगको भाइरस फेला परेसँगै त्रासदी बढेको हो ।

रुघाखोकी र ज्वरोका बिरामी बढेपछि कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणमा एक जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको छ । भदौ २४ गतेदेखि सप्तरीको कञ्चनपुर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको हेल्थ क्याम्पमा एक हजार १२२ जनाले स्वास्थ्य परीक्षण गराइएकोमा २४ जनाको रगत र र्याल परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
जनस्वास्थ्य प्रयोगशालाको परीक्षणले कञ्चनरुप नगरपालिका–७ बलुवाका ६० वर्षीय हरिलाल साहमा स्वाइन फ्लुको संक्रमण पाइएको र कञ्चनरुपका अन्य चार जना तथा हनुमाननगर कङ्कालनी नगरपालिकाका ६ जनामा हङकङ फ्लु फेला परेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार भारतको झारखण्डस्थित बाबाधाम गएर आएका कञ्चनरुप नगरपालिका–४ कविलाशाकी बलसाल सरदारको मृत्यु समेत संक्रमणका कारण भएको हो ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्