असोज ५ बाट टिकटको अग्रिम बुकिङ, सडकको दुर्दशा फेरिएर घट्ला त जोखिम ?
काठमाडौं– दशैं तिहारको सहज यात्राका लागि भन्दै असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुलाइएको छ । बुकिङ खुल्ला नखुल्ला भन्ने अन्यौलमा रहेका सर्वसाधारणलाई यो शन्देषले राहत नै पुर्याएको होला । तर अहिलेदेखी नै गोंगबु लगायतका क्षेत्रमा सर्वसाधारणको भीड बढेको छ ।
सरकार र यातायात व्यवसायी अग्रिम टिकट बुकिङ खुला गर्न तयार भए । अनि ट्राफिक प्रहरीले सुरक्षा र अन्य व्यवस्थापनमा ध्यान दिने पनि भनेको छ । तर बिगतको अभ्यासले अझै टाढाको यात्रा सहज होला भनेर विश्वास गरिहाल्ने अवस्था छैन । गाडीको सिमितता एकातिर छनै अर्कोतिर अझैपनि सक्रिय रहेको बर्ष, यसले दशै यात्रामा जोखिम थप्नसक्छ । अझ राजधानी र आसपासका क्षेत्रकै सडकको अवस्था हिलाम्मे छ, यसको जोखिम रोक्नेतर्फ सरकार र सरोकारवाला पक्ष जिम्मेवार बन्नैपर्छ ।
बुकिङ खुल्नु र खुलाउनु मात्रै समाधान होइन, सवारीको कण्डिसन, बाटोको अवस्था र आन्तरिक व्यवस्थापनका लागि सरकार र व्यवसायी जिम्मेवार बन्नुपर्ने देखिन्छ । बिगतको निरन्तरता होइन, बिगतका अनुभबबाट सकारात्मक सुधारको थालनी होस्, आम यात्रुहरु यसैको प्रतिक्षा गरिरहेका छन् ।
क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्