Techie IT
Mission Khabar

टिकाको साइत ९ बजेर ५१ मिनेटको उत्तम,अन्य साइत पनि सार्वजनिक


काठमाडौँ  । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको टिकाको साइत ९ बजेर ५१ मिनेटको उत्तम हुनेछ । योसंगै समितिले अन्य विभिन्न साइत पनि सार्वजनिक गरेको छ ।

असोज २४ गते नवरात्र आरम्भ हुने र बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत निकालेको समितिले असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार झण्डा फेर्दा पश्चिम फर्केर फेर्दा उत्तम हुनेछ । यस्तै, असोज २८ गते आइतबार पचली भैरव यात्रा, असोज ३० गते मङ्गलबार फूलपाती भित्राइने साईत जुरेको छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा, १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिने बताइएको छ ।

असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका भएका कारण विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन र देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत उत्तम हुँने बताइएको छ ।
विजयादशमीका दिन बिहान ८:३५ मा तुलजा भवानीको यात्रा गराउन, ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राख्न तथा कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाउन सत्तम हुँने बताइएको छ । कात्तिक ७ गते बुधबारको कोजाग्रत पूर्णिमासँगै बडादशैँ समापन हुनेछ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्