Techie IT
Mission Khabar

महोत्तरीको मुस्लिम टोलमा झाडापखालाको प्रकोप, नियन्त्रणको प्रयासमा स्वास्थ्यकर्मी


महोत्तरी– महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्हीमा देखापरेको झडापखालाले केही दिनदेखि प्रकोपको रुप लिएको छ । झाडापखालावाट एक बालिकाको मृत्यु भएको छ भने दुई सयभन्दा बढि प्रभावित छन् ।

मामाघर आएकी चार बर्षिया खुस्बु खातुनको मृत्यु पखालावाट भएको बताइएको छ । झाडापखालाका कारण विरामी परेकाहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भैरहेको छ । विरामीमध्ये चार जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । यीमध्ये एक गर्भवती र तीनजना दश बर्षमुनिका बालबालिका छन् । प्रकोपको रुप लिएको झाडापखाला नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित क्षेत्रमा चिकित्सक परिचालन भएका छन् ।

स्वास्थ्य टोलीले नैन्हीस्थित शिविरमा १ सय २५ जनाको उपचार गरेको छ । सोमबारमात्रै पनि ३२ जना बढीले शिविरबाट उपचार सेवा पाएका छन् । उपचार पाउनेहरु प्रतिदिन बढिरहेका छन् । गम्भिर बिरामीलाई जिल्ला अस्पताल पठाइएको छ । मुस्लिम टोलमा गत शुक्रबारदेखि फैलिएको झाडापखाला धान खेतको प्रदुषित माछा खाएपछि फैलिएको प्रारम्भिक अनुमान गरिएको छ ।


क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्