Techie IT
Mission Khabar

रुद्राक्षको सुरक्षा गर्न सीसी क्यामेरा, बगान कुर्नुपर्ने बाध्यताको बिकल्प


भोजपुर– बगानको सुरक्षाका लागि सीसी क्यामारा जडान गरिएको छ भन्ने सुन्दा तपाई जो कोहीलाई अचम्म लाग्नसक्छ । किनकी नेपालमा बगान कुर्न जाग्राम बस्ने प्रचलन विद्यमान छ । तर भोजपुरको षडानन्द नगरपालिका पाँच चिउरीबोटेका किसानहरुले प्रविधिको प्रयोग गरेर बगानको सुरक्षा सुरु गरेका छन् ।

यहाँका किसानले रुद्राक्ष बगानमा सीसी क्यामेरा जडान गरेर निगरानी गरेका हुन् । रुद्राक्षको चोरी रोक्न र फेद रुघ्नुपर्ने बाध्यता कम गर्न सीसीक्यामरा जडान गरिएको बताइएको छ । सीसी क्यामरा जडान गरेपछि एकै ठाँउमा बसेर बगैचाको निगरानी गरिरहेको किसाहरु बताउछन् । रुद्राक्षको एउटै रुखवाट लाखौंको आम्दानी हुनेभएपछि धेरैले अन्नबाली मासेर रुद्राक्षको खेती गरेका छन् । रुद्राक्षवाट प्रत्येक घरले चार लाखदेखि दुई करोडसम्म आम्दानी गर्दैआएका छन् ।

भारतीय बजारमा मात्रै सिमित रुद्राक्ष पछिल्लो समय चीनमा समेत निकासी हुँदै आएको छ । यसअघि, यहाँका किसान रुद्राक्ष फल्ने समयमा रुखको फेदमा बसेर सुरक्षा दिदै आएका थिए ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्