Techie IT
Mission Khabar

असोजको झरी, कैलाली डुब्यो नपत्याउने गरी (फोटो डायरी)


कैलाली–सोमबार रातिको वर्षाले कैलालीको अभिकांश क्षेत्रलाई डुबानमा पारेको छ । केही घण्टाको बर्षाबाट कैलाली यसरी प्रभावित भएको पहिलो घटना हो ।

वर्षाको पानीले निकास नपाउँदा धनगढी उपमहानगरपालिकाको एल.एन. चोक, विशालनगर, प्रदेश सभाहल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायत अधिकांश क्षेत्र जलमग्न छन् ।
अत्यधिक वर्षा हुने मनसुनको अवधिमा समेत धनगढीका यी क्षेत्रहरु डुबानमा परेका थिएनन् । वर्षासँगै जमेको पानी र डुबानका कारण धनगढीका केही स्थानको विद्युत सेवा समेत प्रभावित भएको छ ।

स्थानीयको जनजीवनलाई प्रभावित गरेको पानीले विहान तथा दिउसो पढ्न जाने विद्यार्थीलाई सबैभन्दा बढी समस्यामा पारेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पानीले केही पसल र घर डुबाएर ठूलो भौतिक क्षती भएपनि अहिलेसम्म कुनै मानवीय क्षती भएको छैन ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्