अमेरिकी यात्राको भाग्य परिक्षा, असोज १७ बाट डिभि भर्न पाइने

काठमाडौं–अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम अन्तर्गत २०२० को आवेदन असोज १७ गतेबाट खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु भई २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुने बताइएको छ ।
नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्नेछैन । आवेदन भर्दा कन्सल्टेन्ट वा सहयोगीको भर नपर्न दूताबासले सल्लाह दिएको छ । सन् २०२० को डाइभर्सिटी भिसा धधध.मखयिततभचथ.कतबतभ.नयख मा गएर भर्न सकिनेछ । आवेदन दर्ता गर्दा पति र पत्नी, आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्न अनिवार्य गरिएको छ ।
२०२० को डाइभर्सिटी भिसा कार्यक्रममा नीतिगत परिवर्तन गर्दै मुख्य आवेदकले अयोग्य पतिरपत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहर्ने जनाइएको छ । आवेदकले आफ्नो कन्फर्मेसन नम्बरका आधारमा ७ मे २०१९ पछि डीभी परेनपरेको हेर्न सक्नेछन् ।
क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्