Techie IT
Mission Khabar

बद्नाम पप्पुका अध्यक्ष सुमित रौनियार बिरुद्ध पक्राउ पुर्जी, कारबाही गर्नुपर्ने सरकार ठेक्का थपेर पुरस्कृत गर्दै


काठमाडौं– रौतहट डुंगा दुर्घटनाको कारण पुल भएको भन्दै निर्माण गर्ने ठेकेदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरपनि पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार शक्ति र पँहुचका आधारमा खुलेआम हिडिरहेका छन् ।

रौतहट प्रहरी प्रमुख एसपी केदार ढकाल भने यसअघि पनि रौनियारलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको उनी आफै अटेर गरेर बसेको जवाफ दिइरहेका छन् । यता, संघीय सांसदहरूले पनि सडक तथा पुल निर्माणको क्षेत्रमा बदनामी कमाएको पप्पू कन्स्ट्रक्सनलाई ‘कुख्यात खराब निर्माण कम्पनी’ अन्तर्गत कालोसूचीमा राख्न माग गरेका छन् । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको ६ तले भवन निर्माणको ठेक्का दिइएको छ । देशभरका दर्जनौँ पुल र सडक अलपत्र पारेको पप्पुलाई कारबाही गर्नुको साटो नयाँ ठूल्ठुला ठेक्का दिइएपनि सांसदहरु समेत पप्पु बिरुद्ध खनिएका हुन् ।

विकास समिति, अर्थ समिति लगायतका संसदिय समितिमा पप्पुलाई कारबाही गर्न र कालो सूचीमा राख्ने बारे चर्को आवाज उठेपनि सरकारले कारबाहीमा चासो लिएको छैन । बदनाम पप्पु कन्स्ट्रक्सनसँग देशभरि झन्डै तीन दर्जन पुल बनाउनुपर्ने जिम्मेवारी छ । अहिलेसम्म ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको पप्पुले अधिकांश ठेक्क लामो समयसम्म अलपत्र पारेको छ । सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पार्दै आएको छ । उसले ओगटेका दुई अर्ब ५१ करोड रूपैयाँबराबरका आयोजना अलपत्र छन् । केही पुल लगायतका आयोजना काठमाडौंमै अलपत्र पारेको पप्पुले देशको तराईका अधिकांश पुल बनाएको छैन ।

अधिकांश आयोजना वर्षाैदेखि अलपत्र पारेको पप्पुको एउटै आयोजना सम्पन्न नभएको सडक विभाग बताउछ । बरु भर्खरैपनि नेपाल राष्ट्र बैंकको बालुवाटारको भवनको ठेक्का पप्पुले नै हात पारेको छ । खरिद ऐनअनुसार कम अंक कबोल गरी पाँच सडक खण्ड र एक भवनबाहेक पप्पुले अत्याधिक संख्यामा पुलकै आयोजना ठेक्का लिएको छ । यो कम्पनीले जेभीमा गरेको निर्माण कम्पनी ४० पुगेका छन् । पप्पुले मात्रै काम गरेका कम्पनी डेढ दर्जन छन् । पुलको निर्माणको बढी ठेक्का पाएको पप्पुले राष्ट्रिय राजमार्गमा सात पुलको काम लिएपनि पाँचको निर्माण अवधि सकाएरपनि सम्पन्न गरेको छैन । अन्य दुईको निर्माणकै चरणमा छन् । स्थानीय सडकतर्फ २६ वटा पुलको जिम्मा पप्पुले लिएकोमा १८ वटाको निर्माण अवधि सकिएको पनि सकिएका छैनन । आठ वटाको निर्माण कार्य समेत सुरु भएको छैन ।

संघीय समाजवादी फोरमका सांसदसमेत रहेका हरिनारायण रौनियारको नाममा रहेको पप्पु कन्स्ट्रक्सन सधै बदनाम बन्दा पनि ठेक्का पाउनबाट रोकिएको छैन । बरु कारबाही गर्नुपर्ने ठाउँमा ठेक्का उपहार मिलिरहेको छ बद्नाम पप्पुलाई । यस्तो हर्कद् कहिलेसम्म ?


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्