नेकपामा असन्तुष्टीको रडाको, अध्यक्ष द्वय विदेश हुँदा गुट उपगुट सक्रिय बन्दै

काठमाडौं– नेकपा अध्यक्ष द्वय विदेशमा रहेको मौका छोपेर अहिले पार्टीको तेश्रो बरियताका नेता माधवकुमार नेपाल सक्रिय देखिन थालेका छन् । उनी पार्टी भित्र चुलिएको आन्तरिक विवाद र असन्तुष्टिलाई साथ दिएको नाममा आफ्नो गुट बलियो बनाउन खोजिरहेका छन् ।
बिहीवार संसद अधिवेशन समापन बैठकमा पनि नेता नेपाल आफ्नै पार्टीको सरकारविरुद्ध खनिएका थिए । आफ्नो दल नेकपाले दुईतिहाइ बहुमतको सरकार सञ्चालन गरेपनि देशमा व्याप्त भलात्कार, भ्रष्टाचार अनियमितता, महंगी रोक्न नसकेको भन्दै उनले सरकारको कडा आलोचना गरेका थिए । बरु सरकारको काम कारवाही चित्त नबुझ्दो रहेको भन्दै संसदमा कुर्लीएका उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र राजपाका राजेन्द्र महतो समेतले प्रशंसा गरे । सामाजिक सञ्जालहरूमा समेत नेपालले समर्थन पाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारको आलोचक बनेका नेता नेपालको गुटगत सक्रियता बढेको छ ।
कतिपय राजनीतिक विश्लेषकहरुले केपी ओलीको कमजोर स्वास्थ्य र अर्का पुष्पकमल दाहालको निरन्तरको पारिवारिक तनावबीचबाट फाईदा लिने दाउमा नेपाल रहेको पनि भनिरहेका छन् । नभन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक वर्षदेखि पारिवारिक तनावमा छन् । पुत्रवियोगको शोकमा जीवनसँगिनी सीताको रोग थपिएपनि उनी अहिले उपचारका लागि भन्दै सिंगापुरमा छन् । श्रीमतीको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको राजनीतिक सक्रियताको परिधि खुम्चिएको छ । पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीसमेत देशबाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटी एकीकरणको व्यस्तता छाडेर पत्नीको उपचारमा सिंगापुर जानुपरेको फाईदा नेपाल खेमाले लिइरहेको बिश्लेषण पनि गरिदैछ ।
यता, दुई अध्यक्षले आफूसँग सल्लाह नगरेको र आफ्ना पक्षका नेतालाई छानीछानी बाइपास गरेको भन्दै नेतृत्वसँग चिडिएका नेपाल आफ्नो अनुपस्थितिमा प्रदेश इञ्चार्ज, सहइञ्चार्ज तथा अध्यक्ष र सचिवको चयन गरेको भन्दै असन्तुष्ट छन् । नेकपाका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड विदेशमा रहँदा समेत पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नेपालले नपाएपछि आफू अपमानित भएर गुटगत अभ्यास गरेको पनि कतिपयको बुझाई छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अमेरिकास्थित राष्ट्रसंघ महासभामा सहभागी भई कोस्टारिका हान्निएका छन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा रहँदा नेपाल पक्षको भेला भएको छ ।
असन्तुष्टहरु समानान्तर कमिटीसम्मको अभ्यास गर्नेकी भन्ने सोचमा देखिदा नेकपा भित्रको असन्तुष्टी र गुटगत राजनीति झनै झांगिने देखिन्छ । अझ सामाजिक सञ्जालमा नेता योगेश भट्टराई विष्णु रिमाल लगायतका नेताबीचको आरोप प्रत्यारोप र जुहारीले असन्तुष्टी निक्कै गहिरो छ, भन्ने चित्रण गरेको छ ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, राजनीति, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्